ट्रम्पको ‘शान्ति बोर्ड’ योजनामा हमास सहमत, निशस्त्रीकरण हुन तयार
२०८३ श्रावण १५ शुक्रवार
- हमासका एक वरिष्ठ अधिकारीले पनि उक्त योजनाअनुसार पूर्ण रूपमा हतियार त्याग्न आफूहरू सहमत भएको बताएका छन् ।
एजेन्सी, १५ श्रावण । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमाससहितका सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि ‘शान्ति बोर्ड’ले सहमति जुटाएको घोषणा गरेका छन् । हमासका एक वरिष्ठ अधिकारीले पनि उक्त योजनाअनुसार पूर्ण रूपमा हतियार त्याग्न आफूहरू सहमत भएको बताएका छन् ।
हमासले यससम्बन्धी औपचारिक वक्तव्य छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ । यद्यपि, यस विषयमा इजरायलले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत गाजामा निशस्त्रीकरणको प्रक्रिया पूरा भएपछि इजरायली सेना त्यहाँबाट फिर्ता हुने बताएका छन् । उनले यसलाई गाजामा नयाँ प्यालेस्टिनी सरकारमार्फत शासन सञ्चालन गर्ने दिशामा ‘महत्त्वपूर्ण कदम’ को संज्ञा दिएका छन् ।
अमेरिकी मध्यस्थतामा अघि बढाइएको गाजा युद्धविराम योजनाको दोस्रो चरणअन्तर्गत हमासको निशस्त्रीकरण र गाजाको पुनर्निर्माण समावेश गरिएको छ । ट्रम्पले यो सम्झौतालाई आफ्नो २० बुँदे योजनाको कार्यान्वयनमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै चरणबद्ध रूपमा लागू गरिने बताएका छन् ।
उनका अनुसार निशस्त्रीकरण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय स्थायित्व बलले नयाँ प्यालेस्टिनी प्रहरीसँग मिलेर गाजाको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हाल्नेछ । ट्रम्पले मध्यस्थकर्ताको भूमिका खेलेका इजिप्ट, कतार र टर्कीलाई धन्यवाद पनि दिएका छन् ।
इजिप्टको राजधानी कायरोमा युद्धविराम योजनाको दोस्रो चरण कार्यान्वयनबारे मध्यस्थकर्ताहरूको बैठक बस्ने तयारी रहेको बताइएको छ । यसअघि कायरोमा हमास र मध्यस्थकर्ताबीच भएको वार्तामा उल्लेखनीय प्रगति भएको समाचार सार्वजनिक भए पनि एक इजरायली अधिकारीले प्रस्तावित सर्तहरू आफ्नो देशका लागि स्वीकार्य नभएको बताएका थिए ।
ट्रम्पको घोषणापछि इजरायली सञ्चारमाध्यमहरूले हमास, शान्ति बोर्ड र मध्यस्थकर्ता राष्ट्रहरूबीच सम्झौतामा हस्ताक्षर भएको दाबी गरेका छन् । तर इजरायली पक्षले भने प्रस्तावित निशस्त्रीकरण योजना यरुशलेमको मागअनुसार नभएको भन्दै असन्तुष्टि जनाएको छ ।
यसअघि पनि इजरायली सञ्चारमाध्यमहरूले हमाससँग भइरहेको सम्भावित सम्झौताप्रति इजरायल सकारात्मक नरहेको समाचार सार्वजनिक गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।