इरान-युक्रेन सम्बन्धमा नयाँ तनाव, जहाज आक्रमणपछि आरोप प्रत्यारोप
१० श्रावण, २०८३, आइतवार
- युक्रेनले इरानले रूसलाई शाहेद मानवविहीन आक्रमणकारी विमान उपलब्ध गराउँदै आएको आरोप लगाउँदै आएको छ । युक्रेनका अनुसार रूसले ती विमान प्रयोग गरी युक्रेनमाथि आक्रमण गर्दै आएको छ ।
काठमाडौँ: रूस-युक्रेन युद्ध चलिरहेका बेला इरान र युक्रेनबीच पनि नयाँ तनाव उत्पन्न भएको छ । क्यास्पियन सागरमा आफ्ना जहाजमाथि आक्रमण भएको आरोप लगाउँदै इरानले युक्रेनका एक कूटनीतिक अधिकारीलाई बोलाएर औपचारिक विरोध जनाएको छ । यता युक्रेनले भने इरानसँग सम्बन्धित सैन्य सामग्री बोकेका जहाजलाई लक्षित गरी कारबाही गरेको दाबी गरेको छ ।
इरानका अनुसार क्यास्पियन सागरमा भएको आक्रमणमा उसका एक व्यापारी जहाजका एक नाविकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । घटनापछि तेहरानले युक्रेनका कूटनीतिक प्रतिनिधिलाई बोलाएर कडा आपत्ति जनाएको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने क्यास्पियन सागरमा इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग भएका जहाजमाथि आक्रमण गरिएको दाबी गरेका छन् । तर इरानी व्यापारी जहाजलाई नै प्रत्यक्ष रूपमा निशाना बनाइएको भन्ने आरोप उनले स्वीकार गरेका छैनन् ।
युक्रेनले इरानले रूसलाई शाहेद मानवविहीन आक्रमणकारी विमान उपलब्ध गराउँदै आएको आरोप लगाउँदै आएको छ । युक्रेनका अनुसार रूसले ती विमान प्रयोग गरी युक्रेनमाथि आक्रमण गर्दै आएको छ ।
यता राष्ट्रपति जेलेन्स्कीले रूसले पनि मध्यपूर्वमा हुने सैन्य कारबाहीका लागि इरानलाई उपग्रहबाट प्राप्त गुप्त सूचना उपलब्ध गराउँदै आएको दाबी गरेका छन् ।
यस घटनाले रूस–युक्रेन युद्धको प्रभाव अब इरान र युक्रेनबीचको सम्बन्धमा पनि प्रत्यक्ष रूपमा देखिन थालेको विश्लेषण गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।