- नयाँ प्रणालीअनुसार अब इन्धनको मूल्य निर्धारण गर्ने अधिकार तेल तथा ग्यास नियामक प्राधिकरणलाई दिइनेछ। मूल्य निर्धारणका लागि प्रधानमन्त्री वा संघीय सरकारको छुट्टै स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ। साथै मट्टितेल र हल्का डिजेलको मूल्य पनि दैनिक रूपमा तोकिनेछ ।
काठमाडौँ: पाकिस्तानभरका पेट्रोल पम्प सञ्चालकहरूले सरकारको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै बुधबार रातिदेखि देशव्यापी रूपमा पेट्रोल पम्प बन्द गर्ने घोषणा गरेका छन् । सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनको निर्णय गरिएको हो ।
अखिल पाकिस्तान पेट्रोल पम्प सञ्चालक संघले दैनिक रूपमा पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्ने सरकारी व्यवस्था कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउदै देशभर पम्प बन्दको घोषणा गरेको हो । संघका अनुसार पेट्रोलियम मन्त्रीसँग भएको छलफलमा सहमति हुन नसकेपछि देशभरका पेट्रोल पम्प बन्द गर्ने निर्णय गरिएको हो ।
सरकारले भने अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनको प्रभाव उपभोक्तासम्म छिटो र पारदर्शी रूपमा पुर्याउने उद्देश्यले नयाँ प्रणाली लागू गरिएको जनाएको छ। नयाँ व्यवस्थाअनुसार पछिल्ला सात दिनको अन्तर्राष्ट्रिय औसत मूल्यका आधारमा प्रत्येक दिन पेट्रोल र उच्च गतिको डिजेलको मूल्य निर्धारण गरिनेछ। शुक्रबार तोकिएको मूल्य भने शनिबार र आइतबार यथावत् रहने व्यवस्था गरिएको छ ।
नयाँ प्रणालीअनुसार अब इन्धनको मूल्य निर्धारण गर्ने अधिकार तेल तथा ग्यास नियामक प्राधिकरणलाई दिइनेछ। मूल्य निर्धारणका लागि प्रधानमन्त्री वा संघीय सरकारको छुट्टै स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ। साथै मट्टितेल र हल्का डिजेलको मूल्य पनि दैनिक रूपमा तोकिनेछ ।
यता पाकिस्तान पेट्रोलियम डिलर्स संघले पनि आन्दोलनमा सहभागी हुने वा नहुनेबारे बुधबार बस्ने कार्यसमिति बैठकबाट निर्णय गर्ने जनाएको छ। पेट्रोलियम मन्त्रालयका अधिकारीहरूले भने पेट्रोल पम्प सञ्चालकहरूको नाफासम्बन्धी मागबारे पनि सरकार सकारात्मक रहेको र सबै सरोकारवालासँग संवाद जारी रहने बताएका छन्।
नयाँ आर्थिक वर्षका लागि इन्धन आयात व्यवस्थामा समेत परिवर्तन गरिएको छ। अब उच्च गतिको डिजेलको आयात सरकारी स्वामित्वको पाकिस्तान स्टेट आयलमार्फत मात्रै गरिनेछ भने पेट्रोल आयातको अनुमति बजार हिस्साका आधारमा सम्बन्धित कम्पनीहरूलाई दिइनेछ। आयातसम्बन्धी दायित्व पूरा नगर्ने कम्पनीलाई नौ महिनासम्म नयाँ आयात अनुमति नदिने व्यवस्था पनि गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहको अपिल- 'हामीमाथि भरोसा राख्नुहोस्'
-
कृष्णभिर ट्र्याक खोल्ने काम जारी, दुवैतर्फ गरी करिब २५२ मिटर खोलियो
-
भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार
-
चलचित्र 'गौँथली' ले मनायो प्रदर्शनको ५१औँ दिन
-
एमाले महासचिव पोखरेल भन्छन्- नेपालको हक हो जलवायु न्याय र क्षतिपूर्ति
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।