दिल्लीका १६ मेट्रो स्टेशन अर्को सूचना नभएसम्म बन्द

६ श्रावण, २०८३, बुधवार
सारांश
  • निगमका अनुसार लोक कल्याण मार्ग, राजीव चौक, पटेल चौक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेशन बन्द रहनेछन् ।

काठमाडौँ: काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीको आव्हानमा जारी प्रदर्शनका कारण दिल्लीमा १६ वटा मेट्रो स्टेशन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

 

दिल्ली मेट्रो रेल निगमले सुरक्षा कारणले ती स्टेशनहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।

 

निगमका अनुसार लोक कल्याण मार्ग, राजीव चौक, पटेल चौक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेशन बन्द रहनेछन् ।

 

यद्यपि, राजीव चौक, मण्डी हाउस र केन्द्रीय सचिवालय स्टेशनमा यात्रुहरूले मेट्रो लाइन परिवर्तन (इन्टरचेन्ज) गर्ने सुविधा भने यथावत् उपलब्ध रहने दिल्ली मेट्रो रेल निगमले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार