- अधिकांश सैनिकको टाउकोमा सामान्य चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् ।
काठमाडौँ: अमेरिकाले इरानका प्रतिआक्रमणमा आफ्ना करिब एक सय सैनिक घाइते भएको स्वीकार गरेको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता सिन पार्नेलले जुलाई ७ यता भएका आक्रमणमा १०० जना सैनिक घाइते भएको जानकारी दिएका हुन् ।
पार्नेलका अनुसार घाइतेमध्ये करिब ९६ प्रतिशत सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किसकेका छन् । अधिकांश सैनिकको टाउकोमा सामान्य चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् ।
उनको यो प्रतिक्रिया अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले रक्षा मन्त्रालयले इरानसँगको युद्धमा घाइते भएका सैनिकको विवरण सार्वजनिक नगरेको दाबी गरेपछि आएको हो । पार्नेलले सैनिकहरूको सुरक्षालाई ध्यानमा राखेर जानकारी सार्वजनिक गर्न ढिलाइ गरिएको स्वीकार गरेका छन् ।
यसैबीच अमेरिका र इरानबीच आक्रमण-प्रत्याक्रमण जारी छ । इरानले सोमबार अमेरिकी सैन्य अड्डा रहेका विभिन्न स्थानलाई निशाना बनाएपछि त्यसको जवाफस्वरूप अमेरिकाले मंगलबार बिहान इरानका नौ सहरमा हवाई आक्रमण गरेको जनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार अबदानान, बन्दर अब्बास, बन्दर लेंगेह, बुशेहर, चाबहार, केश्म टापु, सिरिक, शिराज र कोनारकमा अमेरिकी आक्रमण भएको छ ।
तनाव थप चुलिँदै गएपछि अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकका लागि विश्वव्यापी सुरक्षा सतर्कता जारी गरेको छ । मन्त्रालयले सुरक्षा अवस्था जुनसुकै बेला बिग्रन सक्ने भन्दै विशेष सावधानी अपनाउन र विशेषगरी मध्यपूर्वको यात्रा गर्नुअघि जोखिमको मूल्याङ्कन गर्न आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।