- अधिकांश सैनिकको टाउकोमा सामान्य चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् ।
काठमाडौँ: अमेरिकाले इरानका प्रतिआक्रमणमा आफ्ना करिब एक सय सैनिक घाइते भएको स्वीकार गरेको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता सिन पार्नेलले जुलाई ७ यता भएका आक्रमणमा १०० जना सैनिक घाइते भएको जानकारी दिएका हुन् ।
पार्नेलका अनुसार घाइतेमध्ये करिब ९६ प्रतिशत सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किसकेका छन् । अधिकांश सैनिकको टाउकोमा सामान्य चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् ।
उनको यो प्रतिक्रिया अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले रक्षा मन्त्रालयले इरानसँगको युद्धमा घाइते भएका सैनिकको विवरण सार्वजनिक नगरेको दाबी गरेपछि आएको हो । पार्नेलले सैनिकहरूको सुरक्षालाई ध्यानमा राखेर जानकारी सार्वजनिक गर्न ढिलाइ गरिएको स्वीकार गरेका छन् ।
यसैबीच अमेरिका र इरानबीच आक्रमण-प्रत्याक्रमण जारी छ । इरानले सोमबार अमेरिकी सैन्य अड्डा रहेका विभिन्न स्थानलाई निशाना बनाएपछि त्यसको जवाफस्वरूप अमेरिकाले मंगलबार बिहान इरानका नौ सहरमा हवाई आक्रमण गरेको जनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार अबदानान, बन्दर अब्बास, बन्दर लेंगेह, बुशेहर, चाबहार, केश्म टापु, सिरिक, शिराज र कोनारकमा अमेरिकी आक्रमण भएको छ ।
तनाव थप चुलिँदै गएपछि अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकका लागि विश्वव्यापी सुरक्षा सतर्कता जारी गरेको छ । मन्त्रालयले सुरक्षा अवस्था जुनसुकै बेला बिग्रन सक्ने भन्दै विशेष सावधानी अपनाउन र विशेषगरी मध्यपूर्वको यात्रा गर्नुअघि जोखिमको मूल्याङ्कन गर्न आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १७३ जना घाइते
-
बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
-
क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’