अमेरिकी हवाई आक्रमणमा ३० भन्दा बढीको मृत्यु भएको इरानको दाबी
३१ आषाढ़, २०८३, बुधवार
- यता, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले जवाफी कारबाहीस्वरूप बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ। उसले बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडा र जोर्डनको अजराक हवाई अड्डालाई निशाना बनाइएको जनाएको छ ।
काठमाडौँ: इरानले देशको दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो हवाई आक्रमणमा ३० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ । इरानी सरकारकी प्रवक्ता फरिमा मोहाजेरानीले सामाजिक सञ्जालमार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै सरकारले दक्षिणी इरानका नागरिकसँग सधैं साथ रहने बताएकी छन् ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार रातभर भएको अमेरिकी हवाई आक्रमणमा २६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
इरानी अधिकारीहरूका अनुसार पछिल्ला दिनमा अमेरिका र इरानबीच बढेको सैन्य तनावका क्रममा यो सबैभन्दा धेरै मानिस घाइते भएको आक्रमण हो ।
अमेरिकी केन्द्रीय सैन्य कमान्डका अनुसार मंगलबार राति करिब सात घण्टासम्म सञ्चालन गरिएको सैन्य कारबाहीमा होर्मुज जलडमरूमध्य आसपास रहेका इरानका क्षेप्यास्त्र र मानवरहित विमानका अड्डा, नौसैनिक संरचना तथा तटीय सुरक्षा प्रणालीलाई निशाना बनाइएको थियो । अमेरिकाले लगातार चौथो दिन इरानमाथि हवाई आक्रमण गरेको हो ।
यता, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले जवाफी कारबाहीस्वरूप बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ। उसले बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडा र जोर्डनको अजराक हवाई अड्डालाई निशाना बनाइएको जनाएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि अघि नआए आगामी सातादेखि विद्युत् केन्द्र र पुलजस्ता पूर्वाधारलाई समेत निशाना बनाइने चेतावनी दिएका छन् । इरानले भने अमेरिकी दबाबमा नझुक्ने र होर्मुज जलडमरूमध्यसम्बन्धी आफ्नो रणनीति यथावत् राख्ने स्पष्ट पारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।