फ्रान्सको लालिक सङ्ग्रहालयबाट करिब ४० लाख युरो बराबरका क्रिस्टल गहना चोरी
२२ आषाढ़, २०८३, सोमवार
- चोरी भएका गहना क्रिस्टलबाट बनेका भए पनि तिनमा बहुमूल्य रत्न जडान गरिएको थिएन। यस कारण ती गहनालाई पगालेर वा पुनः बिक्री गरेर नाफा कमाउन सहज नहुने विज्ञहरूको भनाइ छ।
काठमाडौँ: फ्रान्सको प्रसिद्ध लालिक सङ्ग्रहालयबाट करिब ४० लाख युरो बराबरका क्रिस्टल गहना चोरी भएका छन्। घटना जर्मनीको सीमासँग जोडिएको विङगन–सुर–मोडेर सहरमा भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहान करिब साढे पाँच बजे अनुहार ढाकेका केही व्यक्तिले सङ्ग्रहालयको मुख्य ढोका फुटाएर प्रवेश गरेका थिए। उनीहरूले प्रदर्शनमा राखिएका छ वटा काँचका प्रदर्शनी बाकस तोडेर करिब २० वटा क्रिस्टल गहना लिएर फरार भएका हुन्।
चोरी भएका गहना क्रिस्टलबाट बनेका भए पनि तिनमा बहुमूल्य रत्न जडान गरिएको थिएन। यस कारण ती गहनालाई पगालेर वा पुनः बिक्री गरेर नाफा कमाउन सहज नहुने विज्ञहरूको भनाइ छ।
सन् २०११ मा स्थापना भएको लालिक सङ्ग्रहालय प्रसिद्ध फ्रान्सेली गहना तथा काँच कलाका स्रष्टा रेने लालिक र उनका उत्तराधिकारीहरूको सिर्जनालाई समर्पित छ। सङ्ग्रहालयमा आर्ट नोभो, आर्ट डेको तथा आधुनिक क्रिस्टल कलासम्बन्धी ६५० भन्दा बढी कलाकृति राखिएका छन्। चोरीपछि सङ्ग्रहालय केही दिनका लागि बन्द गरिएको छ।
यसअघि गत वर्ष अक्टोबरमा पेरिसस्थित लुभ्र सङ्ग्रहालयबाट फ्रान्सका शाही गहनामध्ये आठ दुर्लभ गहना चोरी भएका थिए, जसको मूल्य करिब ८ करोड ८० लाख युरो आँकिएको थियो। त्यसैगरी डेनिस डिडेरो हाउस अफ एनलाइटनमेन्टबाट करिब दुई हजार दुर्लभ सिक्का तथा राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट करिब १५ लाख युरो मूल्यका छ वटा दुर्लभ सुनका डल्ला पनि चोरी भएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
-
राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट
-
जय नेपाल पार्टीले अघि सार्यो सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रको एजेन्डा
-
इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग
-
रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।