वारेन बफेटले रोके गेट्स फाउन्डेसनलाई दिने अर्बौँ डलरको दान
१६ आषाढ़, २०८३, मगलवार
- ९५ वर्षीय बफेटले पछिल्ला दुई दशकमा बर्कशायर हाथवेका ४७ अर्ब डलरभन्दा बढी मूल्यका सेयर गेट्स फाउन्डेसनलाई दान गरिसकेका छन् ।
काठमाडौँ: वारेन बफेटले यस वर्ष गेट्स फाउन्डेसनलाई दिने नियमित मध्यवर्षीय अर्बौँ डलरको दान हाललाई रोकेको बताएका छन् ।
वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार बफेट फाउन्डेसन र दिवंगत यौन अपराधी जेफ्री एपस्टिन बीचको सम्बन्धबारे भइरहेको बाह्य समीक्षाको प्रतिवेदन पर्खिरहेका छन् ।
रिपोर्टमा भनिएअनुसार गेट्स फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मार्क सुजम्यानले एपस्टिनसँग जोडिएका फाउन्डेसनका पुराना सम्पर्कबारे स्वतन्त्र छानबिन गराएका छन् । उक्त प्रतिवेदन गर्मीयामभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ। बफेटले दानसम्बन्धी अन्तिम निर्णय वर्षको अन्त्यतिर, सम्भवतः आफ्नो धन्यवाद दिवससम्बन्धी वार्षिक पत्र सार्वजनिक गर्ने समयमा लिने बताइएको छ ।
९५ वर्षीय बफेटले पछिल्ला दुई दशकमा बर्कशायर हाथवेका ४७ अर्ब डलरभन्दा बढी मूल्यका सेयर गेट्स फाउन्डेसनलाई दान गरिसकेका छन् ।
अमेरिकी न्याय विभागले सार्वजनिक गरेका केही इमेलमा एपस्टिन र फाउन्डेसनका कर्मचारीबीच संवाद भएको उल्लेख भएपछि गेट्स फाउन्डेसन विवादमा तानिएको थियो। त्यसपछि फाउन्डेसनले पुराना सम्बन्धबारे स्वतन्त्र समीक्षा सुरु गरेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।