इजरायलको लेबनानमा भिषण आक्रमण, एक इजरायली सैनिकको मृत्यु, १३ जना घाइते
२०८३ अषाढ़ ०७ आइतवार
- इजरायली सञ्चारमाध्यमका अनुसार, कफर तेबनित क्षेत्रमा रहेको सैनिक चौकीलाई लक्षित गर्दै रकेट प्रहार र मानवरहित हवाई उपकरणमार्फत आक्रमण गरिएको थियो ।
काठमाडौँ: लेबनानमा भएको आक्रमणमा एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य १३ जना सैनिक घाइते भएका छन् ।
इजरायली सञ्चारमाध्यमका अनुसार, कफर तेबनित क्षेत्रमा रहेको सैनिक चौकीलाई लक्षित गर्दै रकेट प्रहार र मानवरहित हवाई उपकरणमार्फत आक्रमण गरिएको थियो ।
रिपोर्टका अनुसार इजरायली सैनिकहरू अली ताहेर रिज क्षेत्रमुनि रहेको हिजबुल्लाहको ठूलो भूमिगत संरचनालाई आफ्नो नियन्त्रणमा लिन सञ्चालन गरिएको अभियानमा सहभागी थिए । यही स्थानमा शुक्रबार गरिएको कारबाहीका क्रममा चार इजरायली सैनिकको मृत्यु भएको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सर्वसाधारण नागरिकको ज्यान जोगाउन इजरायली सेनाले विश्वका अन्य सेनाभन्दा बढी सावधानी अपनाउने दाबी गरेका छन् । उनले इजरायलविरुद्ध सबैभन्दा धेरै भ्रामक प्रचार हुने गरेको पनि बताएका छन्।
यता, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायली आक्रमणमा कम्तीमा ४ हजार ५७ जनाको मृत्यु भएको छ भने १२ हजार १ सय २१ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये ठूलो सङ्ख्यामा महिला र बालबालिका रहेका बताइएको छ ।
यसैबीच, स्विट्जरल्यान्डमा हुने वार्तामा लेबनानको अवस्थाबारे आपत्कालीन बैठक पनि समावेश गरिएको छ । यही विषय छलफलको पहिलो प्राथमिकतामा रहने बताइएको छ ।
स्विट्जरल्यान्ड प्रस्थान गर्नुअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले लेबनानमा युद्धविरामको दिशामा प्रगति गराउनु आफ्नो प्रमुख प्राथमिकतामध्ये एक रहेको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एनपीएलका १३ खेल सकिदा लुम्बिनी शिर्ष स्थानमा, पोखरा जित विहिन
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १८ गते बुधबार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।