भन्सार छुटको सिफारिस आब अनलाइनबाटै

१८ कार्तिक, २०८३
सारांश
  • निर्माणाधीन तारे होटल तथा रिसोर्टले भन्सार महसुल छुटमा सामान आयात गर्न आवश्यक पर्ने सिफारिस अब अनलाइन प्रणालीमार्फत लिन सकिने भएको छ ।

काठमाडौं : निर्माणाधीन तारे होटल तथा रिसोर्टले भन्सार महसुल छुटमा सामान आयात गर्न आवश्यक पर्ने सिफारिस अब अनलाइन प्रणालीमार्फत लिन सकिने भएको छ ।

 

पर्यटन विभागले नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत भन्सार महसुल छुट सिफारिस सेवा सञ्चालन गर्ने जनाएको हो ।

 

विभागका अनुसार यसअघि निर्माणाधीन तारे होटल तथा रिसोर्टको स्वीकृत योजनाअनुसार भन्सार छुटमा सामान पैठारी गर्न योजना स्वीकृति र सम्बन्धित भन्सार कार्यालयमा पठाइने सिफारिसको काम भौतिक रूपमा हुँदै आएको थियो।  अबदेखि भने उक्त सेवा अनलाइन प्रणालीमार्फत मात्रै सञ्चालन हुनेछ ।

 

विभागले सम्बन्धित होटल तथा रिसोर्ट सञ्चालकलाई नयाँ व्यवस्थाबारे जानकारी गराउँदै अनलाइन प्रणालीबाटै सेवा लिन आग्रह गरेको छ । प्रणाली प्रयोग गर्दा कुनै प्राविधिक समस्या वा कठिनाइ भएमा आवश्यक सहयोग तथा सहजीकरणका लागि पर्यटन विभाग वा भन्सार विभागमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

 

विभागका निर्देशक तथा सूचना अधिकारी सुर्ज घिमिरेद्वारा जारी सूचनामा नयाँ व्यवस्थाले भन्सार महसुल छुट सिफारिस प्रक्रियालाई अनलाइन माध्यमबाट सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार