काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री

१८ कार्तिक, २०८३
सारांश
  • भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।

 

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहीबार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

मिस्रीले बुधबार नै परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । कार्यभोजसहित हुने उक्त वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

वार्ताका क्रममा भारतसँग नेपालले प्रस्ताव गरेको आर्थिक प्याकेज, प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाको समीक्षा तथा सहकार्यका नयाँ क्षेत्रबारे छलफल हुने बताइएको छ ।

 

भ्रमणका क्रममा मिस्रीले बुधबार नै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार प्रधानमन्त्री शाहसँग भेट गरेपछि मिस्री नयाँदिल्ली फर्कने तालिका छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार