ओपेक प्लस देशहरूको जुलाईका लागि तेल उत्पादन बढाउने निर्णय
२०८३ जेठ २५ सोमवार
- ओपेक प्लसका अनुसार यो कदम तेल बजारमा स्थिरता कायम राख्न र बढ्दो मूल्य नियन्त्रण गर्नका लागि उठाइएको हो ।
एजेन्सी, २५ जेठ । तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले जुलाई महिनाका लागि तेल उत्पादन बढाउने निर्णय गरेको छ । यस निर्णय अनुसार सदस्य देशहरूले दैनिक १ लाख ८८ हजार ब्यारेल अतिरिक्त तेल उत्पादन गर्न पाउने भएका छन् ।
यो निर्णय अनलाइन बैठकमार्फत गरिएको हो । उक्त बैठकमा साउदी अरब, रूस, इराक, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत धेरै देशहरूको सहभागिता रहेको थियो ।
ओपेक प्लसका अनुसार यो कदम तेल बजारमा स्थिरता कायम राख्न र बढ्दो मूल्य नियन्त्रण गर्नका लागि उठाइएको हो ।
तर विज्ञहरूको भनाइमा केवल उत्पादन बढाउने घोषणा मात्रले ठूलो असर नपर्ने बताइएको छ । उनीहरूका अनुसार वास्तविक समस्या होर्मुज क्षेत्रमा जारी तनाव र द्वन्द्वका कारण तेल आपूर्तिमा भइरहेको अवरोध हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेवार समुदायका परम्परागत मुकुन्डोनाचका लेखक वीणा जोशीलाई मदन पुरस्कार
-
महामन्त्री शरदराज पाठकले छोडे राप्रपा
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।