- इरानले यी आक्रमणपछि उत्पन्न हुने कुनै पनि परिस्थिति र त्यसका परिणामको पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने चेतावनी समेत दिएको छ ।
काठमाडौँ: इरानको विदेश मन्त्रालयले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । मन्त्रालयले तनाव कम गर्ने प्रयास गर्नुको सट्टा अमेरिकाले आफ्नो सैन्य कारबाहीमार्फत सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारेको जनाएको छ ।
विदेश मन्त्रालयले अमेरिकाले सिरिक क्षेत्र र केश्म द्वीपस्थित इरानका तटीय राडार तथा निगरानी केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको छ । इरानले उक्त कारबाहीलाई युद्धविरामको स्पष्ट उल्लंघन भनेको छ ।
इरानले यी आक्रमणपछि उत्पन्न हुने कुनै पनि परिस्थिति र त्यसका परिणामको पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने चेतावनी समेत दिएको छ ।
यता अमेरिकाले भने होर्मुज जलडमरूमध्य क्षेत्रमा आफ्ना सेनाले इरानका दुई आक्रमणकारी ड्रोन खसालेको दाबी गरेको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार ती ड्रोन अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि खतरा बन्दै गएका थिए ।
केन्द्रीय कमान्डले जारी गरेको वक्तव्यमा अमेरिकी सेनाले दुई वटा ‘एकतर्फी आक्रमणका लागि प्रयोग गरिने ड्रोन’ लाई अवरोध गरी नष्ट गरेको जनाएको छ । अमेरिकी सेनाका अनुसार ती ड्रोन होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षाका लागि जोखिमपूर्ण थिए ।
यद्यपि अमेरिकी सेनाले ती ड्रोन कहाँबाट उडाइएको थियो र कुन हतियार प्रणाली प्रयोग गरेर खसालिएको थियो भन्नेबारे जानकारी दिएको छैन।
केन्द्रीय कमान्डले क्षेत्रभर तैनाथ अमेरिकी सेना इरानबाट हुन सक्ने कुनै पनि आक्रामक गतिविधिको जवाफ दिन पूर्ण रूपमा तयार रहेको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।