दिल्लीमा ककरोच जनता पार्टीको पहिलो प्रदर्शन आज, अमेरिकाबाट दिल्ली पुगे संस्थापक

२३ जेठ, २०८३, शनिवार
सारांश
  • पार्टीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको छ । प्रदर्शनमा सहभागी हुने समर्थकका लागि पार्टीले आठ बुँदे निर्देशनसमेत जारी गरेको छ । त्यसमा घामबाट बच्ने सामग्री प्रयोग गरेर आउन, बिहानको खाना खाएर आउन, राष्ट्रिय झण्डा, फूल र पुस्तक साथमा ल्याउन आग्रह गरिएको छ ।

काठमाडौँ: भारतमा ककरोच जनता पार्टीले आज शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्न लागेको छ । यसका लागि ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपके शनिबार बिहान अमेरिकाबाट भारतको राजधानी दिल्ली पुगेका छन् ।

 

यसैबीच प्रशासनले ककरोच जनता पार्टीलाई आज जन्तर मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको छ । पार्टीले सामाजिक सञ्जालमार्फत दिल्ली प्रहरीले जन्तर–मन्तरमा विरोध प्रदर्शनको अनुमति दिइसकेको जनाएको छ । यससँगै समर्थकहरूलाई सिधै जन्तर–मन्तरमा उपस्थित हुन आह्वान गरिएको छ ।

 

पार्टीले आज जन्तर–मन्तरमा आफ्नो पहिलो प्रदर्शन आयोजना गर्दैछ । यो प्रदर्शन प्रश्नपत्र लिक तथा माध्यमिक शिक्षा बोर्ड, साझा विश्वविद्यालय प्रवेश परीक्षा र कर्मचारी छनोट आयोगअन्तर्गतका विभिन्न परीक्षामा भएको भनिएको अनियमितताविरुद्ध केन्द्रित रहने बताइएको छ ।

 

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीको जन्तरमन्तरमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  

 

पार्टीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको छ । प्रदर्शनमा सहभागी हुने समर्थकका लागि पार्टीले आठ बुँदे निर्देशनसमेत जारी गरेको छ । त्यसमा घामबाट बच्ने सामग्री प्रयोग गरेर आउन, बिहानको खाना खाएर आउन, राष्ट्रिय झण्डा, फूल र पुस्तक साथमा ल्याउन आग्रह गरिएको छ ।

 

यस अभियानलाई सामाजिक अभियन्ता सोनम वाङ्चुक, अभिनेता अतुल कुलकर्णी, दिल्ली विश्वविद्यालय विद्यार्थी सङ्घका पूर्व अध्यक्ष रौनक खत्री लगायतले समर्थन जनाएका छन् । वाङ्चुक प्रदर्शनमा प्रत्यक्ष सहभागी हुने जनाइएको छ ।

 

गत मे १५ मा भारतका प्रधानन्यायाधीश सुर्य कान्तले एक मुद्दाको सुनुवाइका क्रममा रोजगारी नपाएका युवाहरूलाई ‘ककरोच जस्ता’ भन्दै टिप्पणी गरेका थिए। उनले यस्ता केही युवा सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा विभिन्न प्रकारका अभियानमा संलग्न हुने गरेको बताएका थिए । सोही टिप्पणीको भोलिपल्ट, मे १६ मा अमेरिकामा अध्ययन गरिरहेका युवा अभिजीत दीपकेले सामाजिक सञ्जालमा ‘ककरोच जनता पार्टी’ नामक मञ्च स्थापना गरेका थिए। त्यसयता यो अभियान व्यापक चर्चामा आएको छ । अहिलेसम्म यस पार्टीका सामाजिक सञ्जालमा २ करोड भन्दा बढी फलोअर भइसकेका छन् र पार्टीको प्रत्यक्ष प्रदर्शन भने आज हुदैछ । 

 

दिल्ली विमानस्थल पुगेपछि पनि उनी करिब एक घण्टासम्म बाहिर ननिस्किएको  मे १९ मा एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा दीपकेले यो अभियान सुरुमा मजाकका रूपमा सुरु भए पनि अहिले युवाको बेरोजगारी र व्यवस्थाप्रतिको निराशाले यसलाई ठूलो आन्दोलनमा रूपान्तरण गरेको बताएका थिए । ३० वर्षीय दीपके महाराष्ट्रको सम्भाजीनगरका बासिन्दा हुन् । उनी डिजिटल सञ्चार रणनीतिकारका रूपमा परिचित छन् । उनले पुणेबाट पत्रकारिता अध्ययन गरेका छन् भने हाल अमेरिकास्थित बोस्टन विश्वविद्यालयमा जनसम्पर्क विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् । दीपके सन् २०२० देखि २०२२ सम्म आम आदमी पार्टी का सामाजिक सञ्जाल रणनीतिकारका रूपमा कार्यरत थिए । दिल्ली विधानसभा निर्वाचनका क्रममा उनी अनलाइन प्रचार सामग्री निर्माणमा सक्रिय थिए । किसान आन्दोलनदेखि महँगीसम्मका विभिन्न राजनीतिक विषयमा उनले सामाजिक सञ्जालमार्फत केन्द्र सरकार र प्रधानमन्त्रीको आलोचना गर्दै आएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार