जेलेन्स्कीको पुटिनलाई खुला पत्र: प्रत्यक्ष वार्ता गर्न प्रस्ताव
२२ जेठ, २०८३, शुक्रवार
- जेलेन्स्कीले रुसले बेलारुसलाई पनि युद्धमा अझ गहिरो रूपमा तान्न खोजिरहेको तथा मोल्दोभाको रूस समर्थित अलगाववादी क्षेत्र ट्रान्सनिस्ट्रियामा अस्थिरता बढाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनका अनुसार अहिले रुसमाथि युद्धको लागत र दबाब बढ्दै गएको छ ।
काठमाडौं: युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुला पत्र लेख्दै प्रत्यक्ष भेटवार्ताको प्रस्ताव राखेका छन् । सन् २०२२ मा रुसले युक्रेनमाथि ठूलो मात्रामा आक्रमण सुरु गरेपछि जेलेन्स्कीले पहिलो पटक सार्वजनिक रूपमा पुटिनलाई सम्बोधन गर्दै पत्र लेखेका हुन् ।
पत्रमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न दुवै देशका नेताबीच सीधा वार्ता आवश्यक रहेको उल्लेख गरेका छन् । उनले यस्तो बैठक तटस्थ देशमा गर्न प्रस्ताव गर्दै स्विट्जरल्यान्ड, टर्की वा कुनै अरब मुलुकलाई सम्भावित स्थानका रूपमा अघि सारेका छन् । उनले स्पष्ट रूपमा यस्तो वार्ता न त मस्कोमा हुनुपर्ने न त किभमा भनेर जोड दिएका छन् ।
जेलेन्स्कीका अनुसार ठूला र निर्णायक विषयको समाधान देशका शीर्ष नेताले नै गर्नुपर्ने हुन्छ । उनले पुटिनलाई निश्चित मिति तय गरेर बैठक बस्न आग्रह पनि गरेका छन् । साथै, युक्रेनले मात्र अमेरिकाको भूमिकामा भर परेर युद्ध समाप्त हुने आशा गर्नु उचित नहुने उनको भनाइ छ । उनले संकेत गर्दै अमेरिकी प्रशासनको ध्यान अहिले इरान लगायत अन्य अन्तर्राष्ट्रिय विषयतर्फ पनि केन्द्रित रहेको उल्लेख गरेका छन् ।
पत्रमा उनले युक्रेनी गुप्तचर निकायको हवाला दिँदै रुसले सन् २०२७ र २०२८ सम्म युद्ध लम्ब्याउने योजना बनाइरहेको दाबी गरेका छन् । साथै, जमिनमा अपेक्षित सफलता नपाएपछि रुसले क्षेप्यास्त्र आक्रमणलाई बढी प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् ।
जेलेन्स्कीले रुसले बेलारुसलाई पनि युद्धमा अझ गहिरो रूपमा तान्न खोजिरहेको तथा मोल्दोभाको रूस समर्थित अलगाववादी क्षेत्र ट्रान्सनिस्ट्रियामा अस्थिरता बढाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनका अनुसार अहिले रुसमाथि युद्धको लागत र दबाब बढ्दै गएको छ ।
उनले युक्रेनले रुसभित्रै ड्रोन आक्रमण गरिरहेको, आर्थिक दबाब, इन्धन अभाव, महँगी र अतिरिक्त सैन्य भर्तीको आवश्यकता जस्ता कारणले मस्को दबाबमा परेको दाबी गरेका छन् । जेलेन्स्कीका अनुसार केवल मे महिनामा मात्रै ३० हजारभन्दा बढी रुसी सैनिक मारिएका वा गम्भीर घाइते भएका छन्, जसका भिडियो प्रमाण पनि युक्रेनसँग रहेको उनले बताएका छन् । यद्यपि युक्रेनले पनि ठूलो क्षति भोगिरहेको उनले स्वीकार गरेका छन् ।
युद्ध अन्त्यको दिशामा अघि बढ्न उनले सम्पूर्ण वार्ताकालीन अवधिभर पूर्ण युद्धविराम लागू गर्नुपर्ने प्रस्ताव राखेका छन् । साथै, युद्धबन्दीहरूको आदानप्रदान र युक्रेनबाट लगिएका नागरिक तथा बालबालिकाको फिर्तीको माग पनि गरेका छन् । पत्रको अन्त्यमा जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदाय युक्रेनबाट थाकेको नभई रुसप्रतिको थकान बढिरहेको टिप्पणी गरेका छन् । उनका अनुसार विश्व समुदाय युक्रेनको समर्थनमा अझै दृढ छ भने रुसमाथिको दबाब निरन्तर बढिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।