अमेरिकासँगको सम्भावित समझदारीपत्र बारे इरानले विस्तृत समीक्षा गर्दै
२०८३ जेठ २० बुधवार
- इरानी वार्ता टोली निकट स्रोतका अनुसार विगतमा अमेरिका विभिन्न सम्झौता र प्रतिबद्धताबाट पछि हटेको इतिहास रहेकाले इरानले यस विषयमा अत्यन्त सावधानीपूर्ण दृष्टिकोण अपनाएको छ ।
एजेन्सी, २० जेठ । अमेरिका र इरानबीच हुन सक्ने सम्भावित समझदारीपत्रको अन्तिम मस्यौदामाथि इरानले विस्तृत समीक्षा गरिरहेको जनाएको छ । इरानले अहिलेसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया नपठाएको जानकारी अर्धसरकारी समाचार संस्था मेहरले जानकारी दिएको छ ।
प्रतिवेदनअनुसार इरानी वार्ता टोलीले दस्तावेजका सर्त र प्रावधानहरूको विस्तृत अध्ययन गरिरहेको छ । समीक्षा प्रक्रिया पूरा भएपछि मात्रै तेहरानले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।
इरानी वार्ता टोली निकट स्रोतका अनुसार विगतमा अमेरिका विभिन्न सम्झौता र प्रतिबद्धताबाट पछि हटेको इतिहास रहेकाले इरानले यस विषयमा अत्यन्त सावधानीपूर्ण दृष्टिकोण अपनाएको छ । रिपोर्टमा भनिएको छ- 'अमेरिकाले आफ्ना वाचा तोड्दै आएको इतिहास र लामो समयदेखि कायम अविश्वासका कारण इरानले यो विषयमा निकै कडा र सतर्क नीति अपनाएको हो ।'
सम्भावित समझदारीपत्रको विषयवस्तु भने सार्वजनिक गरिएको छैन । यद्यपि यसलाई अमेरिका र इरानबीच जारी कूटनीतिक संवादको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ । विज्ञहरूका अनुसार वर्षौंदेखिको तनावपूर्ण सम्बन्धका कारण इरान कुनै पनि नयाँ सम्झौताबारे निर्णय लिनुअघि हरेक पक्षको गहिरो अध्ययन गर्न चाहन्छ । त्यसैले इरानको आगामी प्रतिक्रियामाथि अन्तर्राष्ट्रिय समुदायको विशेष ध्यान केन्द्रित भएको छ ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले युद्धविराम अवधिमा आफ्नो सैन्य तथा सञ्चालन क्षमता थप सुदृढ भएको दाबी गरेको छ । संगठनका प्रवक्ता जनरल सरदार मोहबीले हालै भएको अमेरिका–इजरायल संघर्षबाट इरानी सशस्त्र बलले महत्वपूर्ण रणनीतिक तथा सञ्चालनसम्बन्धी अनुभव हासिल गरेको बताएका छन् । सरकारी प्रसारण संस्था आइआरआइबीसँगको कुराकानीमा मोहबीले भने- 'आज हाम्रो सशस्त्र सेना पहिलेको तुलनामा अझ बलियो अवस्थामा छ।'
उनका अनुसार हालैको संघर्षको प्रमुख उपलब्धिमध्ये एक भनेको इरानले आफ्ना विरोधीहरूको सैन्य रणनीति र कार्यशैलीबारे थप जानकारी प्राप्त गर्नु हो। यसले भविष्यका तयारीहरूलाई अझ प्रभावकारी बनाउन सहयोग पुगेको उनले बताए । मोहबीले भविष्यमा विपक्षी पक्षले पुनः सैन्य कारबाहीको बाटो रोजे इरानको प्रतिक्रिया फरक प्रकृतिको हुने चेतावनी पनि दिएका छन्। उनका अनुसार सम्भावित भविष्यको संघर्षमा सैन्य अभियानको स्वरूप, युद्धक्षेत्र र प्रयोग गरिने हतियारहरूमा समेत परिवर्तन देखिन सक्छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स सबै सम्भावित परिस्थितिका लागि पूर्ण रूपमा तयार रहेको र कुनै पनि सैन्य चुनौतीको सामना गर्न सक्षम रहेको मोहबीको दाबी छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भदौं २३–२४ गतेको घटना प्रायोजित थियो- ओली
-
अभिनेता रणवीर सिंहले चलचित्र कर्मचारी संघलाई कानुनी नोटिस
-
फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष लुकाज पोखरामा, नगर प्रमुखसँग भेटवार्ता
-
संवैधानिक इजलासमा अध्यादेश जारी बारे परेको रिट दरपीठविरुद्धको रिटको सुनुवाइ हुँदै
-
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दै
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।