- अमेरिका–इरान युद्धका क्रममा तटस्थ भूमिका अपनाइरहेको ओमानमाथि अमेरिका वा इरानमध्ये एक पक्ष रोज्न दबाब बढाइएको दाबी गरिएको छ ।
एजेन्सी, १९ जेठ । अमेरिका–इरान युद्धका क्रममा तटस्थ भूमिका अपनाइरहेको ओमानमाथि अमेरिका वा इरानमध्ये एक पक्ष रोज्न दबाब बढाइएको दाबी गरिएको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको एक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।
अमेरिकी तथा अरब अधिकारीहरूलाई उद्धृत गर्दै प्रतिवेदनमा वासिङ्टनले अब ओमानलाई स्पष्ट रूपमा एक पक्षको समर्थन गर्न र इरानसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्न दबाब दिइरहेको छ ।
हालैका दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमाथि प्रतिबन्ध लगाउने तथा आवश्यक परे बमबारीसमेत गर्न सकिने चेतावनी दिएका थिए । उक्त चेतावनी एक गोप्य सूचनापछि आएको बताइएको छ, जसमा इरान र ओमानले संयुक्त रूपमा होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने सम्भावनाबारे छलफल गरेको दाबी गरिएको थियो ।
रोपोर्टमा अमेरिका र इरानबीच सन्तुलन कायम राख्ने ओमानको नीति दिनप्रतिदिन जटिल बन्दै गएको छ । यदि ओमानले खुला रूपमा अमेरिकाको पक्ष लियो भने युद्धका क्रममा इरानले अन्य खाडी मुलुकहरूमाथि गरेको जस्तै प्रतिशोधको सामना गर्नुपर्ने जोखिम रहेको विश्लेषण गरिएको छ ।
ओमानको इरानप्रतिको नीतिको आलोचना अमेरिकाले मात्र नभई संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाजस्ता उसका प्रमुख क्षेत्रीय साझेदारहरूले पनि गरिरहेका छन्। उनीहरूको धारणा अनुसार ओमानले तेहरानसँग अत्यधिक निकट सम्बन्ध कायम राखेको छ।
अरब अधिकारीहरूका अनुसार ओमानले विभिन्न अवसरमा अमेरिका तथा अन्य देशहरूले जारी गरेका संयुक्त विज्ञप्तिहरूमा सहभागी हुन अस्वीकार गरेको थियो। ती विज्ञप्तिहरूमा इरानी आक्रमणहरूको निन्दा गरिएको थियो।अधिकारीहरूले जनाएअनुसार ओमानी बन्दरगाहहरूमा ड्रोन आक्रमण भएपछि पनि ओमानले सार्वजनिक रूपमा इरानलाई दोषी ठहर गरेन। उसले घटनाको पुष्टि गर्नेबाहेक थप टिप्पणी गर्न अस्वीकार गरेको थियो।
युद्धका क्रममा ओमानका सुल्तान हैथम बिन तारिक अल सइद खाडी क्षेत्रका एकमात्र नेता थिए, जसले इरानका सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएपछि उनका उत्तराधिकारी तथा नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईलाई बधाई दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’