इरानका राष्ट्रपति पेजेशकियानले राजीनामा दिएको दावी

२०८३ जेठ १८ सोमवार
सारांश
  • इरान इन्टरनेसनलको एक प्रतिवेदनअनुसार उनले देशका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईलाई आफ्नो राजीनामापत्र पठाएका छन् ।

एजेन्सी, १८ जेठ । इरानका राष्ट्रपति मसुद पेजेशकियानले पदबाट राजीनामा दिएको दावी गरिएको छ । इरान इन्टरनेसनलको एक प्रतिवेदनअनुसार उनले देशका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईलाई आफ्नो राजीनामापत्र पठाएका छन् ।

 

प्रतिवेदनमा पेजेशकियानले आफ्नो पत्रमा देशको सत्ता अहिले पूर्ण रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डरहरूको नियन्त्रणमा पुगेको उल्लेख गरेको दाबी गरिएको छ ।

 

उनले फेब्रुअरीमा अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता आफ्नो सरकारलाई महत्वपूर्ण निर्णय प्रक्रियाबाट लगभग बाहिर राखिएको पनि बताएका छन् । पेजेशकियानका अनुसार सरकारलाई ठूला निर्णयहरूमा सहभागी नगराइएकाले वास्तविक नियन्त्रण सैन्य नेतृत्वको हातमा पुगेको छ ।

 

यद्यपि सर्वोच्च नेता मोज्तबा खामेनेईले उनको राजीनामा स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा अहिलेसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।

 

यससँगै राष्ट्रपति पेजेशकियानको राजीनामाबारे विरोधाभासी दाबीहरू सार्वजनिक भएका छन् भने यसको आधिकारिक पुष्टि भने अझै हुन सकेको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार