- न्युयोर्क टाइम्सको रिपोर्टअनुसार इजरायली अधिकारीहरूले अमेरिका–इरान वार्ताबारे प्रत्यक्ष जानकारी वासिङ्टनबाट पाउन छाडेका छन् । उनीहरूले अहिले क्षेत्रीय नेताहरू, कूटनीतिक सम्पर्क र इरानभित्रको गुप्तचर निगरानीमार्फत जानकारी संकलन गर्नुपरेको बताइएको छ ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानसँग भइरहेको युद्धविराम र आणविक वार्ताबाट इजरायललाई लगभग बाहिर राखेको दाबी गरिएको छ ।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार इजरायली अधिकारीहरूले अमेरिका–इरान वार्ताबारे प्रत्यक्ष जानकारी वासिङ्टनबाट पाउन छाडेका छन् । उनीहरूले अहिले क्षेत्रीय नेताहरू, कूटनीतिक सम्पर्क र इरानभित्रको गुप्तचर निगरानीमार्फत जानकारी संकलन गर्नुपरेको बताइएको छ ।
यो परिवर्तनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका लागि ठूलो राजनीतिक झट्का मानिएको छ । नेतन्याहूले लामो समयदेखि आफूलाई ट्रम्पमाथि सबैभन्दा बढी प्रभाव पार्ने नेताका रूपमा प्रस्तुत गर्दै आएका थिए । युद्ध सुरु भएपछि उनले ट्रम्पसँग लगभग दैनिक संवाद हुने र संयुक्त रूपमा निर्णय लिने दाबी गरेका थिए ।
रिपोर्टका अनुसार ट्रम्प प्रशासन अहिले इरानसँग सीमित अवधिका लागि मात्र आणविक गतिविधिमा रोक लगाउने प्रकारको सम्झौतामाथि विचार गरिरहेको छ । यो प्रस्ताव सन् २०१५ को आणविक सम्झौतासँग मिल्दोजुल्दो रहेको बताइएको छ, जसको नेतन्याहूले त्यसबेला कडा विरोध गरेका थिए ।
इजरायलको अर्को ठूलो चिन्ता भनेको वार्तामा इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम समावेश नहुन सक्ने विषय हो । मार्च र अप्रिलमा इरानी क्षेप्यास्त्र आक्रमणका कारण इजरायलको जनजीवन प्रभावित भएको थियो । यस्तो अवस्थामा यो मुद्दा वार्तामा नआए इजरायलका लागि ठूलो झट्का हुने बताइएको छ ।
त्यस्तै, अमेरिका यदि इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने दिशामा अघि बढे तेहरानले अर्बौं डलर प्राप्त गर्न सक्ने र त्यसबाट हतियार कार्यक्रम तथा हेजबुल्लाहजस्ता सहयोगी समूहलाई थप बलियो बनाउन सक्ने चिन्ता पनि इजरायलले व्यक्त गरेको छ ।
रिपोर्टमा युद्धको सुरुआती चरणमा अमेरिका र इजरायलबीच निकै नजिकको समन्वय रहेको उल्लेख गरिएको छ । दुवै देशका सेनाले संयुक्त रणनीतिमा काम गरिरहेका थिए । तर युद्ध लम्बिँदै जाँदा र इरानले होर्मुज जलडमरु बन्द गरी तेलको मूल्य बढाएपछि ट्रम्प प्रशासनको ध्यान युद्ध अन्त्यतर्फ केन्द्रित हुन थालेको बताइएको छ । त्यससँगै अमेरिका र इजरायलका प्राथमिकतामा दूरी बढ्न थालेको रिपोर्टमा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशन रोक्न देउवाको सर्वोच्चमा निवेदन, दर्ता हुन बाँकी
-
इजरायलले वेस्ट बैंकमा १२ सय घर बनाउने प्रक्रिया थालेपछि पश्चिमा देशको विरोध
-
बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
-
काठमाडौँ महानगरका ४८१ शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
-
गरिमा चौधरीलाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।