- चीनमाथि विभिन्न देशको जासुसी गरेको आरोप लाग्दै आएका बेला अहिले फेरि नयाँ दाबी सार्वजनिक भएको छ ।
काठमाण्डौ, ०९ जेठ । चीनमाथि विभिन्न देशको जासुसी गरेको आरोप लाग्दै आएका बेला अहिले फेरि नयाँ दाबी सार्वजनिक भएको छ । एक स्वतन्त्र ब्लगरले चीनको सेनाका उच्च अधिकारीले विशेष कार्यक्रममा एलन मस्कसहित विदेशी पाहुनामाथि निगरानी राख्न जासुसी योजना बनाएको आरोप लगाएकी छन् ।
स्वतन्त्र ब्लगर जेनिफर जेङले सामाजिक सञ्जालमार्फत चीन सरकारविरुद्ध गम्भीर आरोप लगाएकी हुन् । उनका अनुसार अमेरिकी प्रतिनिधिमण्डल बेइजिङ पुगेका बेला उनीहरूको सम्मानमा भव्य भोज आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विश्वका धनी व्यक्तिमध्ये एक एलन मस्क पनि सहभागी थिए ।
जेनिफरले भोजका क्रममा एलन मस्कको पछाडि उभिएकी महिला वेटर वास्तवमा चीनको सेनाकी उच्च अधिकारी रहेको दाबी गरेकी छन् । उनले सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गर्दै ती महिलाहरू साधारण वेटर नभई सैन्य अधिकारी भएको उल्लेख गरेकी छन् । उनका अनुसार भोजमा खाना पस्किने दुई महिलाको तस्वीर र सेनाको पोसाकमा रहेका तस्वीरहरू चीनका सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका छन् ।
जेनिफरले अर्को पोस्टमा एलन मस्कको पछाडि उभिएकी महिलाको नाम मेजर चेङ चेङ रहेको दाबी गरेकी छन् । उनी चीनको सेनाको विशेष बटालियनकी कमाण्डर रहेको तथा सैन्य कार्यक्रमका लागि नियम तयार गर्ने जिम्मेवारीसमेत सम्हाल्दै आएको उल्लेख गरिएको छ ।
ब्लगरले भोजका क्रममा ती महिलाले रातो पोसाकभित्र हतियार लुकाएको हुनसक्ने आशंकासमेत व्यक्त गरेकी छन् ।
यो पहिलो पटक भने होइन, जब जेनिफरले चीनमाथि यस्ता आरोप लगाएकी हुन् । यसअघि सन् २०२३ मा उनले क्यानडामा मारिएका खालिस्तानी अभियुक्त हरदीप सिंह निज्जरको हत्यामा पनि चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका रहेको दाबी गरेकी थिइन् । उनका अनुसार उक्त घटनामार्फत भारतलाई अन्तर्राष्ट्रिय रूपमा विवादमा पार्ने र भारत तथा पश्चिमी देशबीच तनाव सिर्जना गर्ने उद्देश्य रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।