विजय मुख्यमन्त्री बनेपछि रजनीकान्तको टिप्पणी- मलाई कुनै ईर्ष्या छैन !
३ जेठ, २०८३, आइतवार
- उनले विजयले कम उमेरमै पूर्व अभिनेता तथा राजनीतिज्ञ एनटीआरभन्दा पनि धेरै उपलब्धि हासिल गरेको बताउदै उनले भने- 'मानिसलाई विजयबाट धेरै आशा छ । मलाई विश्वास छ उनले त्यो आशा पुरा गर्ने छन् ।
काठमाडौँ: भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् ।
उनले विजयले कम उमेरमै पूर्व अभिनेता तथा राजनीतिज्ञ एनटीआरभन्दा पनि धेरै उपलब्धि हासिल गरेको बताउदै उनले भने- 'मानिसलाई विजयबाट धेरै आशा छ । मलाई विश्वास छ उनले त्यो आशा पुरा गर्ने छन् । तर उनलाई पहिलो दुई बर्ष कुनै किसिमको विरोध नगरी काम गर्न दिनुपर्छ । उनका समर्थकले यो कुरा ध्यान दिनुपर्छकी उनको सम्मानमा कुनै नोक्सान नपुगोस ।'
आइतबार आयोजित पत्रकार सम्मेलनमा रजनीकान्तले सञ्चारकर्मीले अचानक विजयबारे प्रश्न सोध्दा आफू आश्चर्यचकित भएको बताएका थिए। उनले विजयप्रति आफू खुसी रहेको र कुनै ईर्ष्या नभएको स्पष्ट पारेका थिए । उनले विजयका समर्थकलाई पनि मुख्यमन्त्रीको सम्मानमा आँच पुग्ने कुनै गतिविधि नगर्न सचेत गराएका छन् ।
रजनीकान्तले सिनेमा र सामाजिक सञ्जालले ६० वर्ष पुरानो द्रविड राजनीतिमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको पनि बताएका छन् ।
तमिलगा वेत्री कडगमका अध्यक्ष सी जोसेफ विजयले गत मे १० मा तमिलनाडुको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारले सय दिनमा के के गर्यो ? (पूर्ण पाठ)
-
देशभर २६ लाख ४५ हजार किसान सूचीकृत, परिचयपत्र वितरण गरिने
-
ह्वाट्सएपमा प्रस्तावित 'युजरनेम' सुविधाप्रति भारत सरकारको आपत्ति, मेटासँग जवाफ माग
-
इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन विभागको आग्रह
-
विश्वकपबाट बाहिरिएसँगै रियाद महरेजले लिए सन्यास
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।