इमरान खानलाई जेलमा एक्लै राखिएको भन्दै बहिनीले दायर गरिन् रिट

२ जेठ, २०८३, शनिवार
सारांश
  • पाकिस्तानी मिडियाका अनुसार अलिमा खानले इमरान खानलाई अदियाला जेलमा लामो समयदेखि एक्लै राखिएको भन्दै त्यसलाई चुनौती दिएकी हुन् । उनले यसलाई गैरकानुनी र आधारभूत मानव अधिकारको उल्लङ्घन भएको दाबी गरेकी छन् ।

काठमाडौँ: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानले इस्लामाबाद उच्च अदालतमा रिट निवेदन दायर गरेकी छन् ।

 

पाकिस्तानी मिडियाका अनुसार अलिमा खानले इमरान खानलाई अदियाला जेलमा लामो समयदेखि एक्लै राखिएको भन्दै त्यसलाई चुनौती दिएकी हुन् । उनले यसलाई गैरकानुनी र आधारभूत मानव अधिकारको उल्लङ्घन भएको दाबी गरेकी छन् ।

 

पाकिस्तानको डन अखबारका अनुसार उनले यो निवेदन बिहीबार उच्च अदालतमा दर्ता गरेकी हुन् । निवेदनमा ७४ वर्षीय इमरान खानलाई एक्लै राख्ने कुनै पनि अदालतले सजाय नदिएको उल्लेख गरिएको छ । चाहे त्यो अल-कादिर ट्रस्ट मुद्दा होस् वा तोशाखाना मुद्दा, कुनै पनि फैसलामा एकान्त कारावासको आदेश नभएको दाबी गरिएको छ ।

 

इमरान खान २०२३ अगस्ट ५ देखि लगातार जेलमा रहेका छन्। उनलाई सुरुमा तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि लाहोरस्थित निवासबाट पक्राउ गरिएको थियो ।

 

त्यसयता उनी रावलपिन्डीस्थित अदियाला जेलमा सजाय भोगिरहेका छन्।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार