युद्ध रोक्न इरानको नयाँ प्रस्ताव, समीक्षा गर्दै ट्रम्प
२०८३ वैशाख २० आइतवार
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा आएको नयाँ प्रस्तावको समीक्षा गर्ने बताएका छन् ।
काठमाण्डौ, २० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा आएको नयाँ प्रस्तावको समीक्षा गर्ने बताएका छन् । ट्रम्पले उक्त प्रस्तावबारे अध्ययन गरिरहेको र यसबारे पछि थप जानकारी दिने बताएका हुन् ।
इरानका अर्ध-सरकारी सञ्चार माध्यम तस्नीम र फार्सका अनुसार इरानले अमेरिकाको नौ बुँदे प्रस्तावको जवाफमा पाकिस्तानमार्फत १४ बुँदे प्रस्ताव पठाएको छ ।
यसअघि ट्रम्पले इरानको पुरानो प्रस्ताव अस्वीकार गरेका थिए। यद्यपि, दुवै देशबीच वार्ता जारी रहेको छ र तीन सातादेखिको युद्धविराम कायम छ ।
तस्नीम समाचार एजेन्सीका अनुसार इरानले पठाएको १४ बुँदे प्रस्तावमा भविष्यमा हुने सैन्य आक्रमणविरुद्ध सुरक्षा सुनिश्चितता माग गरिएको छ । त्यस्तै, इरान वरपर रहेका अमेरिकी सेना फिर्ता गर्नुपर्ने, समुद्री नाकाबन्दी अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने र सबै प्रकारका प्रतिबन्ध हटाउनुपर्ने माग समावेश छन् । यसैगरी, लेबनानसहित सबै मोर्चामा भइरहेको युद्ध अन्त्य गर्नुपर्ने, होर्मुज जलडमरूका लागि नयाँ व्यवस्था लागू गर्नुपर्ने जस्ता बुँदाहरू पनि प्रस्तावमा राखिएका छन् ।
अमेरिकाले दुई महिनाको युद्धविराम प्रस्ताव गरे पनि इरानले सबै विषय ३० दिनभित्र समाधान हुनुपर्ने अडान राखेको छ । उसले अस्थायी युद्धविरामभन्दा पूर्ण रूपमा युद्ध अन्त्य गर्न जोड दिएको छ ।
यसबीच ट्रम्पले शुक्रबार उक्त प्रस्तावप्रति असन्तुष्टि जनाउँदै कूटनीतिक माध्यमबाट मात्र समस्या समाधान हुनेमा आफू विश्वस्त नभएको बताएका थिए । हाल इरान आफ्नो प्रस्तावबारे अमेरिकाको औपचारिक जवाफको प्रतीक्षामा रहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।