लेबनानमा इजरायलको निरन्तर आक्रमण

२० बैसाख, २०८३, आइतवार
सारांश
  • रिपोर्टका अनुसार सेनाले दक्षिणी लेबनानका ११ सहर र गाउँमा आक्रमण गर्ने जनाएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’का अनुसार यो कारबाही हिजबुल्लाहविरुद्ध लक्षित गरिएको दाबी गरिएको छ ।

काठमाडौँ: इजरायली सेनाले दक्षिणी लेबनानका सहर तथा गाउँका बासिन्दालाई तत्काल घर खाली गर्न निर्देशन दिएको छ । सर्वसाधारणलाई कम्तीमा एक हजार मिटर टाढा खुला स्थानमा जान चेतावनी दिइएको छ ।

 

रिपोर्टका अनुसार सेनाले दक्षिणी लेबनानका ११ सहर र गाउँमा आक्रमण गर्ने जनाएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’का अनुसार यो कारबाही हिजबुल्लाहविरुद्ध लक्षित गरिएको दाबी गरिएको छ ।

 

इजरायली सेनाले हिजबुल्लाहले युद्धविराम सम्झौता उल्लंघन गरेकाले यस्तो कदम चालिएको बताएको छ । साथै, हिजबुल्लाहका लडाकु वा तिनका संरचनानजिक रहेका जो कोहीलाई जोखिम हुन सक्ने चेतावनी पनि दिएको छ ।

 

इजरायलले पछिल्लो समय दक्षिणी लेबनानमा लगातार हवाई आक्रमण गरिरहेको छ भने त्यहाँको दक्षिणी भूभागमा सैनिक उपस्थिति कायम राखेको छ । सेनाले हिजबुल्लाहसँग सम्बन्धित भन्दै धेरै भवनहरू ध्वस्त पारेको जनाएको छ ।

 

इरान समर्थित उक्त सशस्त्र समूहले पनि लेबनान र उत्तरी इजरायल क्षेत्रमा इजरायली सेनामाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको बताइएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार