- हरेक वर्ष ६ करोडभन्दा बढी यात्रु आवतजावत गर्ने हानेदा विमानस्थलमा यस प्रयोगबाट कर्मचारीमाथिको शारीरिक दबाब घट्ने अपेक्षा गरिएको छ । सन् २०२८ सम्म सञ्चालन हुने यो परीक्षणमार्फत कामलाई थप सहज बनाउने योजना रहेको बताइएको छ ।
काठमाडौँ: जापानले विमानस्थलमा काम गर्ने कर्मचारीको भार घटाउन मानवजस्तै देखिने रोबोट प्रयोगको परीक्षण सुरु गर्ने भएको छ ।
जापान एयरलाइन्सले मे महिनाको सुरुआतदेखि टोकियोस्थित हानेदा विमानस्थलमा यस्ता रोबोटको परीक्षण गर्न लागेको जनाएको हो । चीनमा निर्मित ती रोबोटलाई यात्रुहरूको सामान तथा कार्गो उठाउने काममा प्रयोग गरिनेछ ।
हरेक वर्ष ६ करोडभन्दा बढी यात्रु आवतजावत गर्ने हानेदा विमानस्थलमा यस प्रयोगबाट कर्मचारीमाथिको शारीरिक दबाब घट्ने अपेक्षा गरिएको छ । सन् २०२८ सम्म सञ्चालन हुने यो परीक्षणमार्फत कामलाई थप सहज बनाउने योजना रहेको बताइएको छ ।
हालै सार्वजनिक गरिएको प्रदर्शनमा करिब १३० सेन्टिमिटर उचाइका रोबोटले विमान नजिक कन्वेयर बेल्टमा कार्गो सार्ने र संकेत गर्ने काम गरेको देखाइएको थियो । एकपटक चार्ज गरेपछि ती रोबोटले २ देखि ३ घण्टासम्म निरन्तर काम गर्न सक्ने जनाइएको छ । भविष्यमा विमानको भित्री सफाइजस्ता काममा पनि प्रयोग गर्ने योजना बनाइएको छ । तर सुरक्षासम्बन्धी संवेदनशील काम भने मानिसले नै गर्ने स्पष्ट पारिएको छ ।
जापान अहिले घट्दो र वृद्ध हुँदै गएको जनसंख्या तथा बढ्दो पर्यटकको चापजस्ता दोहोरो चुनौतीसँग जुधिरहेको छ । कूटनीतिक तनावका कारण चिनियाँ पर्यटक केही घटे पनि पछिल्लो वर्ष रेकर्ड ४ करोड २७ लाख पर्यटक जापान पुगेका थिए । सन् २०२६ को सुरुका दुई महिनामै ७० लाखभन्दा बढी पर्यटक पुगेको तथ्यांक छ ।
आर्थिक लक्ष्य पूरा गर्न सन् २०४० सम्म जापानलाई करिब ६५ लाख विदेशी कामदार आवश्यक पर्ने अनुमान गरिएको छ । तर आप्रवासन नियन्त्रणको राजनीतिक दबाब पनि उच्च रहेको छ ।
कम्पनीका अधिकारी तोमोहिरो उचिदाले विमानस्थल बाहिरबाट आधुनिक देखिए पनि भित्री कामकाज अझै ठूलो मात्रामा मानव श्रममा निर्भर रहेको उल्लेख गर्दै रोबोट प्रयोगले उक्त दबाब कम गर्न सहयोग पुग्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विश्वकपमा निजी लगानीकर्ता भित्र्याउने योजनामा विवाद, युरोपको बहिष्कार गर्ने चेतावनी
-
ट्रम्पको ‘शान्ति बोर्ड’ योजनामा हमास सहमत, निशस्त्रीकरण हुन तयार
-
कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा
-
गृहमन्त्री र सुनसरी घटनाका मृतक परिवारबीच ७ बुँदे सहमति
-
राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।