- इरानविरुद्धको युद्ध कति समयसम्म चल्ने भन्ने निर्णय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने भएका छन् ।
एजेन्सी, १० वैशाख । इरानविरुद्धको युद्ध कति समयसम्म चल्ने भन्ने निर्णय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने भएका छन् । ह्वाइट हाउसले युद्धविरामको समयसीमा अमेरिकी राष्ट्रिय हितका आधारमा तय गरिने स्पष्ट पारेको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा हालसम्म युद्धविरामको कुनै निश्चित समयसीमा नरहेको बताइन् । उनका अनुसार अवस्था लगातार परिवर्तन भइरहेकाले युद्धविराम कहिले सकिन्छ भन्ने अहिले नै निर्धारण गर्न सम्भव नभएको बताएकी छिन् ।
लेभिटले परिस्थितिअनुसार रणनीति परिवर्तन भइरहने संकेत दिँदै आगामी निर्णय प्रत्यक्ष रूपमा राष्ट्रपति ट्रम्पकै हातमा रहने जानकारी दिइन् । यसले युद्धविरामको अवधि र आगामी कदमहरू वासिङ्टनको रणनीतिक प्राथमिकतामा आधारित हुने देखिएको छ ।
अप्रिल २२ मा सकिएको यसअघिको युद्धविरामको अवधि ट्रम्पले एकतर्फी रुपमा बढाएको घोषणा गरेका थिए । इरानले युद्धविराम बढाउनु आफुहरुको कुनै चासो नभएको प्रतिक्रिया दिदै अमेरिका र इजरायल फेरी आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिएको छ । ट्रम्पले भने वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानको अनुरोधमा युद्धविरामको अवधि बढाएको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।