इजरायली गुप्तचर संस्था मोसादका एजेन्ट 'मेम' को मृत्युको खुलासा
२०८३ वैशाख १० विहिवार
- टाइम्स अफ इजरायलमा प्रकाशित रिपोर्टका अनुसार उक्त एजेन्टको पहिचान सार्वजनिक नगरिए पनि उनलाई हिब्रु भाषाको पहिलो अक्षर ‘मेम’ बाट चिनिन्थ्यो ।
एजेन्सी, १० वैशाख । इजरायलको गुप्तचर संस्था मोसादका एक एजेन्टबारे ठूलो खुलासा भएको छ । मोसाद प्रमुख डेविड बार्नियाले ‘मेम’ नामबाट चिनिने ती एजेन्टले इजरायलको सुरक्षा रणनीतिमा महत्वपूर्ण योगदान दिएका थिए । सन् २०२३ मे महिनामा इटालीमा डुंगा दुर्घटनामा परेर उनको मृत्यु भएको अहिले खुलासा भएको हो ।
टाइम्स अफ इजरायलमा प्रकाशित रिपोर्टका अनुसार उक्त एजेन्टको पहिचान सार्वजनिक नगरिए पनि उनलाई हिब्रु भाषाको पहिलो अक्षर ‘मेम’ बाट चिनिन्थ्यो । इटालीको माजियोरे तालमा भएको दुर्घटनामा चार जनाको ज्यान गएको थियो । त्यतिबेला इटालीका केही मिडियाले उनलाई ५० वर्षीय एरेज शिमोनी भनेर उल्लेख गरेका थिए, तर त्यो वास्तविक नाम नभएको बताइएको छ ।
मोसाद मुख्यालयमा आयोजित स्मरण कार्यक्रममा बार्नियाले ती एजेन्टको योगदानको प्रशंसा गर्दै भने- 'उनी देशका लागि जीवन समर्पण गर्ने समर्पित र दक्ष अधिकारी थिए ।' उनका अनुसार ‘रोअरिङ लायन’ नाम दिइएको अभियानमा ‘मेम’ को भूमिका अत्यन्तै महत्वपूर्ण थियो ।
उनले नेतृत्व गरेको अभियान सिर्जनात्मकता, चतुराइ र अत्याधुनिक प्रविधिको संयोजन भएको बताइएको छ, जसले इरानविरुद्ध इजरायलको रणनीतिक सफलतामा उल्लेखनीय योगदान पुर्याएको दाबी गरिएको छ ।
इटालीका सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा डुंगामा गोप्यचर एजेन्टहरूको बैठक चलिरहेको थियो। त्यहाँ रहेका २३ जनामध्ये १९ जना इजरायली र इटालियन गुप्तचर निकायसँग सम्बन्धित थिए ।
दुर्घटनापछि ‘मेम’ को शव इजरायल लगेर अश्केलोनस्थित सैनिक समाधिस्थलमा सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टिमा मोसादका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
बार्नियाले अन्त्येष्टिमा उनलाई “मूल्यवान व्यक्तित्व, सच्चा साथी र देशप्रति निष्ठावान अधिकारी” का रूपमा सम्झिएका थिए। उनले ‘मेम’ ले आफ्नो सम्पूर्ण जीवन गोप्य सेवामा बिताएको र उनका धेरै योगदान अझै सार्वजनिक गर्न नसकिने बताएका थिए ।
यसैबीच, दुर्घटनामा संलग्न पर्यटकीय डुंगाका चालक क्लाउडियो कार्मिनाटीलाई यात्रुको मृत्युका लागि चार वर्ष कैद सजाय सुनाइएको छ । अनुसन्धानमा डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको खुलेको थियो । दुर्घटनाका बेला डुंगा किनाराबाट करिब १०० मिटर टाढा रहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार
-
खुला सीमाले सुरक्षा चुनौती बढायो : गृहमन्त्री गुरुङ
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐन बारे छलफल
-
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।