- लेबनानका राष्ट्रपति जोसेफ औनका अनुसार दूतस्तरको वार्ता इजरायली आक्रमण रोक्ने, लेबनानी भूभागबाट इजरायली सेना फिर्ता गर्ने, बन्दीहरूको रिहाइ, अन्तर्राष्ट्रिय सीमामा सेना परिचालन तथा युद्धबाट प्रभावित क्षेत्रको पुनर्निर्माणजस्ता विषयमा केन्द्रित रहनेछ ।
काठमाडौँ: इजरायल र लेबनानबीच दोस्रो चरणको वार्ता आज अमेरिकामा हुँदैछ ।
वार्तामा हाल लागू १० दिने युद्धविराम अवधि थप लम्ब्याउने विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ ।
लेबनानका राष्ट्रपति जोसेफ औनका अनुसार दूतस्तरको वार्ता इजरायली आक्रमण रोक्ने, लेबनानी भूभागबाट इजरायली सेना फिर्ता गर्ने, बन्दीहरूको रिहाइ, अन्तर्राष्ट्रिय सीमामा सेना परिचालन तथा युद्धबाट प्रभावित क्षेत्रको पुनर्निर्माणजस्ता विषयमा केन्द्रित रहनेछ ।
यसैबीच इरान र अमेरिकाबीच इस्लामाबादमा हुने भनिएको दोस्रो चरणको वार्ता भने हुन सकेको छैन । इरानले अहिलेसम्म अमेरिकासँग सम्झौतामा सहमति जनाएको छैन ।
पहिलो चरणको वार्तामा इरानले युद्धविराममा लेबनानमा भइरहेको लडाइँ रोक्ने विषय अनिवार्य रूपमा समावेश गर्नुपर्ने सर्त राखेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।