पहलगाम घटनाको एक बर्षमा मोदीले भने- कुनै पनि प्रकारको आतङ्कवाद अगाडि झुक्दैनौं
२०८३ वैशाख ०९ बुधवार
- उनले राष्ट्रका रूपमा भारत दुःख र संकल्पका साथ एकजुट रहेको उल्लेख गरेका छन् ।
काठमाडौँ: पहलगाममा भएको आतङ्कवादी आक्रमणको आज एक वर्ष पूरा भएको छ । उक्त घटनामा ज्यान गुमाएका निर्दोष नागरिकको सम्झनामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै सो घटनामा ज्यान गुमाएकालाई कहिल्यै नबिर्सने बताएका छन् । उनले राष्ट्रका रूपमा भारत दुःख र संकल्पका साथ एकजुट रहेको उल्लेख गरेका छन् ।
उनले भारत कुनै पनि प्रकारको आतङ्कवाद अगाडि नझुक्ने स्पष्ट पार्दै आतङ्ककारीका योजनाहरू कहिल्यै सफल नहुने बताएका छन् ।
यसैगरी भारतका गृहमन्त्री अमित शाहले पनि घटनाको एक वर्ष पूरा भएको अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले निर्दोष नागरिक गुमाउनु परेको पीडा अझै पनि प्रत्येक भारतीयको मनमा जीवित रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
-
फ्रान्सका विभिन्न सहरमा कर्फ्यु, दङ्गामा २ हजार ५०० भन्दा बढी पक्राउ
-
दशैँको अवसरमा काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलद्वारा निःशुल्क बस सेवा सञ्चालन
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ३ गते मङ्गलबार
-
भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’