पहलगाम घटनाको एक बर्षमा मोदीले भने- कुनै पनि प्रकारको आतङ्कवाद अगाडि झुक्दैनौं
२०८३ वैशाख ०९ बुधवार
- उनले राष्ट्रका रूपमा भारत दुःख र संकल्पका साथ एकजुट रहेको उल्लेख गरेका छन् ।
काठमाडौँ: पहलगाममा भएको आतङ्कवादी आक्रमणको आज एक वर्ष पूरा भएको छ । उक्त घटनामा ज्यान गुमाएका निर्दोष नागरिकको सम्झनामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै सो घटनामा ज्यान गुमाएकालाई कहिल्यै नबिर्सने बताएका छन् । उनले राष्ट्रका रूपमा भारत दुःख र संकल्पका साथ एकजुट रहेको उल्लेख गरेका छन् ।
उनले भारत कुनै पनि प्रकारको आतङ्कवाद अगाडि नझुक्ने स्पष्ट पार्दै आतङ्ककारीका योजनाहरू कहिल्यै सफल नहुने बताएका छन् ।
यसैगरी भारतका गृहमन्त्री अमित शाहले पनि घटनाको एक वर्ष पूरा भएको अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले निर्दोष नागरिक गुमाउनु परेको पीडा अझै पनि प्रत्येक भारतीयको मनमा जीवित रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।