जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

७ बैसाख, २०८३, सोमवार
सारांश
  • जापानी सञ्चारमाध्यमका अनुसार ७.४ तीव्रताको भूकम्प सानरिकु तट नजिक समुद्रभित्र करिब १० किलोमिटर गहिराइमा गएको हो । भूकम्पको तीव्रता जापानी मापन प्रणालीमा ५ प्लस स्तरमा मापन गरिएको छ ।

काठमाडौँ: जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

 

जापानी सञ्चारमाध्यमका अनुसार ७.४ तीव्रताको भूकम्प सानरिकु तट नजिक समुद्रभित्र करिब १० किलोमिटर गहिराइमा गएको हो । भूकम्पको तीव्रता जापानी मापन प्रणालीमा ५ प्लस स्तरमा मापन गरिएको छ ।

 

भूकम्पपछि प्रधानमन्त्री सनाए ताकाइचीले प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानतर्फ जान अपिल गरेकी छन् । सरकारले सुनामीको जोखिम रहेका क्षेत्रहरूको सूचीसमेत सार्वजनिक गरेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार