इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड
७ बैसाख, २०८३, सोमवार
- समाचारअनुसार ती व्यक्ति इस्रायली गुप्तचर निकायसँग सम्बन्धित सञ्जालका सदस्य भएको आरोपमा दोषी ठहरिएका थिए । उनीहरूले सुरक्षित सञ्चार, संवेदनशील स्थान पहिचान तथा विस्फोटक पदार्थ तयार गर्ने तालिम लिएको उल्लेख गरिएको छ ।
काठमाडौँ: इरानमा जासुसी र तोडफोडको आरोपमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । इरानी समाचार एजेन्सीका अनुसार उनीहरूलाई आज बिहान फाँसी दिइएको हो ।
समाचारअनुसार ती व्यक्ति इस्रायली गुप्तचर निकायसँग सम्बन्धित सञ्जालका सदस्य भएको आरोपमा दोषी ठहरिएका थिए । उनीहरूले सुरक्षित सञ्चार, संवेदनशील स्थान पहिचान तथा विस्फोटक पदार्थ तयार गर्ने तालिम लिएको उल्लेख गरिएको छ ।
आरोपीहरूले सैनिक तथा सार्वजनिक स्थलमा आगजनी गर्ने योजना बनाएको र आफ्ना गतिविधिका भिडियो क्रिप्टोमार्फत पारिश्रमिक लिएर पठाउने गरेको आरोपसमेत लगाइएको छ ।
सम्बन्धित सञ्जाललाई सुरक्षा निगरानीमा राखिएको अवस्थामा तेहरानका सार्वजनिक सेवा र सैनिक केन्द्रमा आक्रमण गर्ने नयाँ जिम्मेवारी दिइएको पाइएको जनाइएको छ । उनीहरूलाई आक्रमणका लागि विस्फोटक प्रयोग, प्रहार बिन्दु छनोट र दृश्य खिच्ने तरिकाबारे समेत तालिम दिइएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’