इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड
७ बैसाख, २०८३, सोमवार
- समाचारअनुसार ती व्यक्ति इस्रायली गुप्तचर निकायसँग सम्बन्धित सञ्जालका सदस्य भएको आरोपमा दोषी ठहरिएका थिए । उनीहरूले सुरक्षित सञ्चार, संवेदनशील स्थान पहिचान तथा विस्फोटक पदार्थ तयार गर्ने तालिम लिएको उल्लेख गरिएको छ ।
काठमाडौँ: इरानमा जासुसी र तोडफोडको आरोपमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । इरानी समाचार एजेन्सीका अनुसार उनीहरूलाई आज बिहान फाँसी दिइएको हो ।
समाचारअनुसार ती व्यक्ति इस्रायली गुप्तचर निकायसँग सम्बन्धित सञ्जालका सदस्य भएको आरोपमा दोषी ठहरिएका थिए । उनीहरूले सुरक्षित सञ्चार, संवेदनशील स्थान पहिचान तथा विस्फोटक पदार्थ तयार गर्ने तालिम लिएको उल्लेख गरिएको छ ।
आरोपीहरूले सैनिक तथा सार्वजनिक स्थलमा आगजनी गर्ने योजना बनाएको र आफ्ना गतिविधिका भिडियो क्रिप्टोमार्फत पारिश्रमिक लिएर पठाउने गरेको आरोपसमेत लगाइएको छ ।
सम्बन्धित सञ्जाललाई सुरक्षा निगरानीमा राखिएको अवस्थामा तेहरानका सार्वजनिक सेवा र सैनिक केन्द्रमा आक्रमण गर्ने नयाँ जिम्मेवारी दिइएको पाइएको जनाइएको छ । उनीहरूलाई आक्रमणका लागि विस्फोटक प्रयोग, प्रहार बिन्दु छनोट र दृश्य खिच्ने तरिकाबारे समेत तालिम दिइएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान
-
मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
-
हङकङ चाइनाले नेपाललाई दियो २६२ रनको लक्ष्य
-
‘जेन्जी आन्दोलन’को भावना हाइज्याक गर्नेहरूको पहिचान गरी कारबाही गर्नुपर्छ'- शंकर पोखरेल
-
विदेशी मुद्राको सटहीदर: २०८३ भाद्र २३ मङ्गलवार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।