अमेरिका र इरानबीच फेरी वार्ताको सम्भावना, इस्लामावादमा सुरक्षा कडा

६ बैसाख, २०८३, आइतवार
सारांश
  • इस्लामाबाद तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सुरक्षा निकाय परिचालन गरिएको जनाइएको छ । संवेदनशील स्थान, विशेषगरी विमानस्थल र सैन्य क्षेत्रमा निगरानी थप कडा बनाइएको छ ।

काठमाडौँ: अमेरिका र इरानबीच सम्भावित वार्ताअघि पाकिस्तानले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

 

इस्लामाबाद तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सुरक्षा निकाय परिचालन गरिएको जनाइएको छ । संवेदनशील स्थान, विशेषगरी विमानस्थल र सैन्य क्षेत्रमा निगरानी थप कडा बनाइएको छ ।

 

यससँगै ड्रोन उडानलगायत विभिन्न गतिविधिमा प्रतिबन्ध लगाइएको छ । वार्ताको मिति अझै तय नभए पनि पाकिस्तानले सम्भावित अवस्थालाई ध्यानमा राख्दै तयारी तीव्र पारेको जनाएको छ ।

 

अमेरिका र इरानबीच सोमबार वार्ता हुने बताइएको भएपनि दुवै पक्षले यसको आधिकारिक पुष्टि अहिलेसम्म गरेका छैनन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार