- सेनाका अनुसार घटनामा अन्य नौ सैनिक घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । यसअघि पनि एक सैनिकको मृत्यु भएको जानकारी दिइएको थियो ।
काठमाडौँ: दक्षिणी लेबनानमा जारी झडपका क्रममा एक इजरायली सैनिकको मृत्यु भएको छ । आइतबार इजरायली सेनाले उक्त जानकारी दिएको हो ।
सेनाका अनुसार घटनामा अन्य नौ सैनिक घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । यसअघि पनि एक सैनिकको मृत्यु भएको जानकारी दिइएको थियो ।
१० दिने युद्धविराम सुरु भएयता दक्षिणी लेबनानमा इजरायली सैनिकको मृत्यु भएको यो दोस्रो घटना हो । उक्त युद्धविराम अमेरिकाको पहलमा अप्रिल १७ मा घोषणा गरिएको थियो ।
छ हप्तादेखि जारी इजरायल र हिज्बुल्लाहबीचको संघर्षमा हालसम्म १५ इजरायली सैनिकको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ ।
यसैबीच लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सामाजिक सञ्जालमार्फत उक्त घटनाको पुष्टि गरेका हुन् ।
ती सैनिक अन्तर्राष्ट्रिय शान्ति मिसनअन्तर्गत लेबनानको दक्षिणी क्षेत्रमा खटिएका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको निन्दा गरेका छन् ।
प्रारम्भिक अनुसन्धानमा आक्रमण इरान समर्थित हिज्बुल्लाहबाट भएको हुनसक्ने आशंका गरिएको छ । तर हिज्बुल्लाहले भने आफ्नो संलग्नता अस्वीकार गरेको छ । साथै उसले लेबनानी सेना र शान्ति सेनाबीच थप समन्वय आवश्यक रहेको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।