- होर्मुज जलडमरु हुँदै भारततर्फ कच्चा तेल र ग्यास बोकेर आएका दुई जहाजमाथि इरानले गोली चलाएको छ ।
एजेन्सी, ०६ वैशाख । होर्मुज जलडमरु हुँदै भारततर्फ कच्चा तेल र ग्यास बोकेर आएका दुई जहाजमाथि इरानले गोली चलाएको छ ।
समाचार संस्था पीटीआईका अनुसार भारत आउँदै गरेका १४ वटा जहाजलाई इरानको रिभोल्युशनरी गार्डले होर्मुज जलडमरु पार गर्न रोकेको थियो ।
गोलीबारीपछि १३ वटा जहाज फारसको खाडीमा विभिन्न स्थानमा फर्किएका छन् । एक जहाजमा गोली लागेको छ भने एउटा जहाज भने जलडमरु पार गर्न सफल भएको जनाइएको छ ।
घटनापछि भारतको परराष्ट्र मन्त्रालयले भारतस्थित इरानी राजदूत डा. मोहम्मद फतहअलीलाई समन गर्दै विरोध जनाएको छ ।
मन्त्रालयले जारी गरेको वक्तव्यमा इरानले यसअघि भारतीय जहाजलाई सुरक्षित मार्ग दिँदै आएको उल्लेख गर्दै यथाशीघ्र जहाजको आवागमन पुनः सुरु गराउन आग्रह गरिएको छ ।
यसअघि इरानले होर्मुज जलडमरु बन्द गर्ने घोषणा गरेको थियो । अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इरानले यस्तो निर्णय लिएको बताइएको छ, तर २४ घण्टाभित्रै आफ्नो निर्णय परिवर्तन गरेको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।