- इरानले अमेरिकाले आफ्ना बन्दरगाहमाथि लगाएको नाकाबन्दी नहटाएसम्म यो प्रतिबन्ध जारी रहने स्पष्ट पारेको छ । संयुक्त सैन्य कमानले जारी गरेको वक्तव्यमा होर्मुज जलडमरू पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र कडाइका साथ व्यवस्थापन भइरहेको जनाइएको छ ।
काठमाडौँ: इरानले होर्मुज जलडमरू हुँदै हुने जहाज आवतजावतमा पुन: रोक लगाएको छ । उक्त महत्वपूर्ण समुद्री मार्गमा कडा नियन्त्रण लागू गर्दै इरानले यो निर्णय गरेको हो ।
इरानले अमेरिकाले आफ्ना बन्दरगाहमाथि लगाएको नाकाबन्दी नहटाएसम्म यो प्रतिबन्ध जारी रहने स्पष्ट पारेको छ । संयुक्त सैन्य कमानले जारी गरेको वक्तव्यमा होर्मुज जलडमरू पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र कडाइका साथ व्यवस्थापन भइरहेको जनाइएको छ ।
यसअघि इरानले मार्ग खुला गर्न सकिने संकेत दिएको थियो । तर अमेरिकाले आफ्नो अडान नबदलेपछि इरानले निर्णय परिवर्तन गर्दै आवतजावत रोक्ने कदम चालेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सहमति नभएसम्म, जसमा परमाणु कार्यक्रमसमेत समावेश छ, नाकाबन्दी जारी रहने बताएका थिए । त्यसपछि इरानले कडा प्रतिक्रिया दिँदै समुद्री मार्गमा आवतजावत रोक्ने निर्णय गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।