- यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य सधैंका लागि खुला बनाउने दाबी गरेका थिए । सामाजिक सञ्जालमार्फत उनले चीनसहित विश्वका लागि आफूले यस्तो पहल गरेको उल्लेख गरेका छन् ।
काठमाडौँ: चीनले इरानसँग होर्मुज जलडमरूमध्य खोल्न आग्रह गरेको छ । चीनका विदेशमन्त्री वाङ यीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग सामान्य आवागमन पुनः सञ्चालन गर्न पहल गर्न अनुरोध गरेका हुन् ।
वाङ यीले इरानको सार्वभौमसत्ता र सुरक्षाको सम्मान आवश्यक रहेको उल्लेख गर्दै उक्त समुद्री मार्गमा आवागमनको स्वतन्त्रता र सुरक्षाको सुनिश्चितता पनि उत्तिकै महत्वपूर्ण भएको बताएका छन् । उनले यो मार्ग खुला राख्नु सबै देशको हितमा रहेको धारणा व्यक्त गरेका छन् ।
उनका अनुसार चीन युद्धविराम कायम राख्न र वार्ता पुनः सुरु गर्न समर्थन गर्दछ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य सधैंका लागि खुला बनाउने दाबी गरेका थिए । सामाजिक सञ्जालमार्फत उनले चीनसहित विश्वका लागि आफूले यस्तो पहल गरेको उल्लेख गरेका छन् ।
होर्मुज जलडमरूमध्य विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो । सामान्य अवस्थामा यहाँबाट विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने गर्छ । तर गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलको आक्रमणपछि इरानले उक्त मार्गमा नाकाबन्दी गरेपछि अवस्था तनावपूर्ण बनेको छ ।
यस मार्ग बन्द हुँदा विश्वभर ऊर्जा आपूर्तिमा समस्या देखिएको छ र तेल तथा ग्यासको मूल्य बढेको छ । विज्ञहरूले आगामी दिनमा ऊर्जा आपूर्तिमा अझ गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’