हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री ओरबानको लज्जास्पद हार

२०८२ चैत्र ३० सोमवार
सारांश
  • हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओरबानले निर्वाचनमा पराजय स्वीकार गरेका छन् ।

एजेन्सी, ३० चैत्र । हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओरबानले निर्वाचनमा पराजय स्वीकार गरेका छन् । सार्वजनिक प्रारम्भिक नतिजापछि उनले परिणामलाई ‘पीडादायी’ भन्दै सत्ता छोड्ने घोषणा गरेका हुन् ।

 

राजधानी बुडापेस्टमा समर्थकहरूलाई सम्बोधन गर्दै ओरबानले विजयी पक्षलाई बधाई दिएको र अब विपक्षमा बसेर देशको सेवा गर्ने बताएका छन् । उनी लामो समयदेखि दक्षिणपन्थी राजनीतिका प्रभावशाली नेताका रूपमा चिनिन्थे ।

 

प्रारम्भिक नतिजाअनुसार विपक्षी नेता पिटर माग्यार नेतृत्वको टिसा पार्टीले स्पष्ट अग्रता लिएको छ । करिब ९८ प्रतिशत मत गणना सकिँदा १९९ सदस्यीय संसदमा टिसा पार्टीले १३८ सिट जित्ने देखिएको छ । सत्तारुढ फिदेज पार्टीले ५५ सिटमा सीमित हुँदा ‘अवर होमल्यान्ड’ पार्टीले ६ सिट प्राप्त गरेको छ । विजयपछि माग्यारले डेन्यूब नदी किनारमा भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै सरकार परिवर्तन गरेको बताए छन् । उनले ओरबानले फोनमार्फत आफूलाई बधाई दिएको जानकारी पनि दिएका छन् ।

 

ओरबानले भने परिणाम स्पष्ट र पीडादायी भएको स्वीकार्दै आफूलाई साथ दिने लाखौँ मतदातालाई धन्यवाद दिएका छन् । उनले आगामी दिन घाउ निको पार्ने समय भएको प्रतिक्रिया दिएका छन् ।

 

नयाँ सरकार गठनतर्फ अग्रसर माग्यारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, भ्रष्टाचार नियन्त्रण, स्वतन्त्र न्याय प्रणाली स्थापना तथा अघिल्लो शासनकालका नीतिहरू परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् । संविधान संशोधनका लागि आवश्यक १३३ सिटभन्दा बढी समर्थन टिसा पार्टीले प्राप्त गर्ने देखिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार