- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि प्रस्ताव गरिएको शान्ति बोर्ड अहिले अलमलमा परेको देखिएको छ ।
एजेन्सी, २९ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि प्रस्ताव गरिएको शान्ति बोर्ड अहिले अलमलमा परेको देखिएको छ । यसको मुख्य कारण पर्याप्त रकम अभाव रहेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । गाजाको पुनर्निर्माणका लागि करिब १७ अर्ब डलर सहयोगको प्रतिबद्धता आएको थियो । तर हालसम्म १ अर्ब डलरभन्दा कम मात्रै रकम प्राप्त भएको जनाइएको छ ।
सहयोग गर्ने भनिएका १० देशमध्ये अहिलेसम्म संयुक्त अरब इमिरेट्स, मोरक्को र अमेरिकाले मात्र रकम उपलब्ध गराएका छन् । पछिल्लो समय ईरानसँग बढ्दो तनाव र युद्धजस्तो अवस्थाले प्रक्रिया थप सुस्त बनाएको बताइएको छ ।
दुई वर्ष लामो द्वन्द्वका कारण गाजाका अधिकांश संरचना ध्वस्त भइसकेका छन् । यसको पुनर्निर्माणका लागि करिब ७० अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ ।
हालैको घटनाक्रमअनुसार गाजामा पछिल्ला महिनाहरूमा इजरायल र हमास बीच तीव्र युद्ध भएको थियो । निरन्तर हवाई आक्रमण र स्थल कारबाहीका कारण ठूलो जनधन क्षति भएको छ । त्यसपछि अन्तर्राष्ट्रिय दबाबका बीच युद्धविरामको प्रयास सुरु भए पनि स्थिति अझै स्थिर हुन सकेको छैन । यही अस्थिर अवस्थाबीच पुनर्निर्माण योजना अघि बढाउन खोजिएको हो ।
यस अवस्थामा आर्थिक अभाव र राजनीतिक विवादले शान्ति योजना कार्यान्वयनमा समस्या देखिएको छ । यद्यपि ट्रम्पको पक्षले भने यी आरोप अस्वीकार गर्दै रकम अभाव नभएको दाबी गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’