नेतन्याहुसहित ३५ जनाविरुद्ध टर्कीमा मुद्धा, ४६ सय वर्षसम्म कैद माग
२०८२ चैत्र २९ आइतवार
- टर्कीमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
एजेन्सी, २९ चैत्र । टर्कीमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । यो मुद्दा गाजा क्षेत्रमा जाँदै गरेको राहत अभियानमाथि भएको कथित आक्रमणसँग सम्बन्धित रहेको जनाइएको छ ।
इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले आरोपपत्र दायर गर्दै सबै आरोपितलाई कडा सजायको माग गरेको छ । आरोपपत्रमा जन्मकैदसँगै ११ सय २ वर्षदेखि ४५ सय ९६ वर्षसम्म कैद सजायको माग गरिएको उल्लेख छ ।
आरोपितहरूविरुद्ध मानवताविरुद्धका अपराध, नरसंहार, गैरकानुनी थुनछेक, यातना तथा लुटपाटजस्ता गम्भीर अभियोग लगाइएको छ । यो घटना गत वर्ष सेप्टेम्बरमा भएको थियो, जतिबेला 'सुमुद फ्लोटिला' नामको राहत अभियान गाजातर्फ अघि बढिरहेको थियो ।
उक्त जहाजहरूमा खाद्यान्न, औषधि तथा अन्य आवश्यक राहत सामग्री बोकेर पठाइएको थियो । अनुसन्धानका अनुसार अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा पुगेका बेला इजरायली नौसेनाले ती जहाज रोकेको आरोप छ । सैनिकहरू जहाजमा चढेर कार्यकर्तालाई नियन्त्रणमा लिएको र जहाजलाई अगाडि बढ्न नदिएको बताइएको छ ।
टर्कीले उक्त कारबाही अन्तर्राष्ट्रिय कानुनविपरीत भएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमै राहत सामग्री बोकेका जहाज रोकिनु गम्भीर अपराध भएको ठहर गर्दै यो मुद्दा दर्ता गरिएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’