- पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीचको वार्ता असफल भएको छ ।
काठमाण्डौ, २९ चैत्र । पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीचको वार्ता असफल भएको छ ।
पाकिस्तानको इस्लामावादमा भएको २१ भन्दा बढी लामो वार्ता निष्कर्षमा नपुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जानकारी दिएका छन् । भान्सले इरानले अमेरिकाको प्रस्ताव अस्वीकार गरेको र आफु अब स्वदेश फर्किने बताएका छन् ।
उनले भने- 'हामी २१ घण्टादेखि यसमा लागिरहेका छौं, र हामीले इरानीहरूसँग धेरै ठोस छलफल गरेका छौं । त्यो राम्रो खबर हो । नराम्रो खबर यो हो कि हामी सम्झौतामा पुगेका छैनौं । र मलाई लाग्छ कि यो संयुक्त राज्य अमेरिकाको लागि नराम्रो खबर भन्दा धेरै इरानको लागि नराम्रो खबर हो । त्यसैले हामी सम्झौतामा नपुगेर संयुक्त राज्य अमेरिका फर्कन्छौं ।'
उनले आफुहरु निकै लचक भएर प्रस्तुत भएपनि इरानले अमेरिकाका प्रस्ताव अस्वीकार गरेकोले आफुहरु फर्किन लागेको छ । उनले यो आफुहरुले इरानलाई अन्तिम अवसर दिएर इस्लामावादबाट निस्किन लागेको बताएका छन् ।
बैठकमा सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र र कानुनी विषयमा विशेषज्ञस्तरमा छलफल भएको बताइएको छ । अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए भने इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले गरेका थिए ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ताबारे प्रतिक्रिया दिँदै सम्झौता भए पनि नभए पनि अमेरिका विजयी हुने दाबी गरेका छन् । उनले दुवै देशबीच गहिरो स्तरमा वार्ता भइरहेको र चाँडै नतिजा आउने बताएका छन् ।
ट्रम्पले अमेरिकाले इरानलाई सैनिक रूपमा कमजोर बनाएको दाबी गर्दै होर्मुज जलडमरु क्षेत्रमा सफाइ अभियान सञ्चालन भइरहेको र त्यहाँ राखिएका बारुदी सामग्री हटाइँदै गरेको जानकारी दिएका छन् ।
साथै उनले चीनलाई पनि चेतावनी दिँदै इरानलाई हतियार आपूर्ति गरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् । यस अभिव्यक्तिले क्षेत्रीय तनाव थप बढ्ने संकेत देखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’