- बिहान ११ बजे उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि निवासमा राखिनेछ भने साँझ ४ बजे शिवाजी पार्क मा अन्त्येष्टि गरिने बताइएको छ ।
काठमाडौँ: बलिवुडकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय उनी आइतबार संसारबाट बिदा भएकी हुन् । अस्वस्थ भएपछि शनिबार उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भएको भारतीय समाचार एजेन्सी पिटीआईले उल्लेख गरेको छ ।
उनको अन्त्येष्टि सोमबार गरिने जनाइएको छ । बिहान ११ बजे उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि निवासमा राखिनेछ भने साँझ ४ बजे शिवाजी पार्क मा अन्त्येष्टि गरिने बताइएको छ ।
सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसले संगीत परिवारमा हुर्किएकी थिइन् । उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय गायक तथा कलाकार थिए । सानै उमेरदेखि संगीतमा लागेकी उनले पहिलो गीत मराठी चलचित्र माझा बालमा गाएकी थिइन् । पछि उनले हिन्दी चलचित्रमा पनि प्रवेश गर्दै लामो समयसम्म हजारौं गीतमा स्वर दिइन् । पाँच दशकभन्दा बढी समयसम्म सक्रिय रहँदै उनी भारतीय संगीत जगतकी अग्रणी गायिकामध्ये एकका रूपमा स्थापित भएकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।