इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पनि इस्लामाबाद पुगे
२०८२ चैत्र २८ शनिवार
- पछिल्लो २१ वर्षको लामो अन्तरालपछि कुनै अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान भ्रमण हो।
इरानसँग वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ।
बीबीसीका अनुसार जेडी भान्स चढेको ‘एयर फोर्स टू’ विमान इस्लामाबादमा अवतरण गरिसकेको छ।
पछिल्लो २१ वर्षको लामो अन्तरालपछि कुनै अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान भ्रमण हो।
यसअघि सन् २००५ मा तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीले पाकिस्तानको भ्रमण गरेका थिए।
इस्लामाबादमा हुने वार्ताका लागि जेडी वान्ससँगै अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जारेड कुशनर पनि आएका छन्।
इरानी संसदका अध्यक्ष मोहम्मद बाकर गालिबाफको नेतृत्वमा एक इरानी प्रतिनिधिमण्डल यसअघि नै इस्लामाबाद पुगिसकेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’