शर्त पुरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने इरानको अडान

२०८२ चैत्र २८ शनिवार
सारांश
  • इरानले लेबनानमा युद्धविराम लागू नभएसम्म अमेरिकासँग वार्ता नगर्ने अडान लिएको छ ।

काठमाण्डौ, २८ चैत्र । इरानले लेबनानमा युद्धविराम लागू नभएसम्म अमेरिकासँग वार्ता नगर्ने अडान लिएको छ । इरानका संसद अध्यक्ष मोहम्मद बाकर गालिबाफले लेबनानमा युद्धविराम वार्ताको मुख्य सर्त भएको स्पष्ट पारेका छन् । उनले युद्धविराम नभएसम्म कुनै पनि वार्ता अघि नबढाइने बताएका छन् ।

 

गालिबाफले इरानका रोक्का गरिएका रकमसमेत फुकुवा गर्नुपर्ने माग अघि सारेका छन् । यो भनाइ अमेरिका र इरानबीच सम्भावित वार्ताको तयारी भइरहेका बेला आएको हो । दुवै पक्षबीच विभिन्न विषयमा अझै मतभेद कायम रहेको बताइएको छ । इरानले लेबनानमा इजरायली आक्रमणको निरन्तर विरोध गर्दै आएको छ र सोही विषयलाई वार्तासँग जोड्दै कडा अडान कायम राखेको छ ।

 

यसअघि अमेरिका र इरानबीच बार्ताको पुरा तयारी पाकिस्तानको इस्लामावादमा भएको बताइएको थियो । अमेरिका र इजरायलले भने इरानसँगको युद्धविराममा लेबनानको युद्धविराम समावेश नभएको दाबि गर्दै आएका छन् ।

 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता नभएमा वा सहमतिमा नपुगेमा अझ कडा आक्रमण गर्ने चेतावनी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार