अमेरिका र इरानवीच इस्लामावादमा आज वार्ता

२०८२ चैत्र २७ शुक्रवार
सारांश
  • पाकिस्तानको राजधानी इस्लामाबादमा आज अमेरिका र इरानबीच युद्धविरामका विषयमा महत्वपूर्ण वार्ता हुने भएको छ ।

एजेन्सी, २७ चैत्र । पाकिस्तानको राजधानी इस्लामाबादमा आज अमेरिका र इरानबीच युद्धविरामका विषयमा महत्वपूर्ण वार्ता हुने भएको छ । उक्त वार्तामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भेन्सले टोलीको नेतृत्व गर्ने जनाइएको छ ।

 

यस वार्तालाई आगामी शान्ति प्रक्रियाका लागि निर्णायक मानिएको छ । बैठकअघि सुरक्षा तथा व्यवस्थापनलाई ध्यानमा राख्दै पाकिस्तान सरकारले इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

 

वार्तामा अमेरिकाको तर्फबाट उपराष्टपति भेन्ससहित राष्ट्रपतिका विशेष प्रतिनिधि स्टिभ विटकफ, वरिष्ठ सल्लहकार जारेड कुशनर र सैन्य अधिकारी ब्रेड कुपर सहभागी हुने छन । त्यस्तै इरानको तर्फबाट संसद अध्यक्ष मोहमद बाघेर गालिबाफ, विदेशमन्त्री अब्बास आराघची र उपविदेशमन्त्री मजिद तख्त सहभागी हुने बताइएको छ ।

 

त्यस्तै वार्तामा पाकिस्तानका तर्फबाट प्रधानमन्त्री शहबाज शरिफ, सेना प्रमुख आसिम मुनिर, विदेशमन्त्री इसाक डार र राष्ट्रिय सुरक्षा सल्लाहकार आसिम मलिक पनि वार्तामा सहभागी हुने बताइएको छ ।      

 

यसअघि अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले हालैको द्वन्द्वमा इरानलाई ठूलो क्षति पुगेको दाबी गरेको थियो । उक्त क्षतिको प्रभाव दीर्घकालसम्म रहने पनि बताइएको छ ।

 

अमेरिकाले आफू र उसका सहयोगीले इरानका विभिन्न स्थानमा १३ हजारभन्दा बढी आक्रमण गरेको जनाएको छ । हाल युद्धविरामका कारण आक्रमण रोकिए पनि अमेरिकी सेना अझै क्षेत्रमै तैनाथ रहेको र आवश्यक परे पुनः कारबाही गर्न सकिने चेतावनी दिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार