घरमा नोट जलेको अवस्थामा भेटिएपछि भारतीय न्यायाधीशले दिए राजीनामा
२७ चैत्र, २०८२, शुक्रवार
- उक्त घटनापछि उनलाई पहिले दिल्लीबाट इलाहाबाद उच्च अदालतमा सरुवा गरिएको थियो । उनले सन् २०२५ अप्रिल ५ मा नयाँ पदको शपथ लिएका थिए । छानबिन चलिरहेकै अवस्थामा उनलाई न्यायिक कामबाट अलग राखिएको थियो ।
काठमाडौँ: भारतको इलाहाबाद उच्च अदालतमा कार्यरत न्यायाधीश यशवन्त वर्माले पदबाट राजीनामा दिएका छन् । उनको दिल्लीस्थित घरमा ठूलो परिमाणमा जलेका नोट फेला परेको घटनापछि उनीविरुद्ध आन्तरिक छानबिन भइरहेको थियो ।
उक्त घटनापछि उनलाई पहिले दिल्लीबाट इलाहाबाद उच्च अदालतमा सरुवा गरिएको थियो । उनले सन् २०२५ अप्रिल ५ मा नयाँ पदको शपथ लिएका थिए । छानबिन चलिरहेकै अवस्थामा उनलाई न्यायिक कामबाट अलग राखिएको थियो ।
उनको विषयमा महाभियोग ल्याउने चर्चा समेत चलिरहेको छ । यसका लागि समितिसमेत गठन गरिएको छ भने केही सांसदहरूले संसदमा उनलाई हटाउन औपचारिक सूचना दर्ता गराएका थिए ।
राष्ट्रपतिलाई दिएको राजीनामा पत्रमा वर्माले आफू बाध्य भएर यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले इलाहाबाद उच्च अदालतमा सेवा गर्न पाउनु आफ्नो लागि सम्मानको विषय भएको पनि बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’