- आईडीएफको फारसी भाषाको सामाजिक सञ्जाल खातामार्फत जारी सन्देशमा नागरिकलाई आज राति ९ बजेसम्म रेल प्रयोग नगर्न र यात्रा नगर्न आग्रह गरिएको छ । सन्देशमा भनिएको छ- 'रेलमा रहनु वा रेलमार्ग नजिक जानु तपाईंको ज्यानका लागि जोखिमपूर्ण हुन सक्छ ।'
काठमाडौँ: इजरायलको रक्षा बलले इरानका नागरिकलाई रेल यात्रा नगर्न चेतावनी दिएको छ ।
आईडीएफको फारसी भाषाको सामाजिक सञ्जाल खातामार्फत जारी सन्देशमा नागरिकलाई आज राति ९ बजेसम्म रेल प्रयोग नगर्न र यात्रा नगर्न आग्रह गरिएको छ । सन्देशमा भनिएको छ- 'रेलमा रहनु वा रेलमार्ग नजिक जानु तपाईंको ज्यानका लागि जोखिमपूर्ण हुन सक्छ ।'
यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा सकिन लागेको अवस्थामा आएको हो । ट्रम्पले होर्मुज जलडमरू खोल्न इरानलाई अल्टिमेटम दिएका थिए ।
यसैबीच इजरायल ले तेहरानमा सरकारसँग सम्बन्धित पूर्वाधारमाथि हवाई आक्रमण गरेको जनाएको छ । साथै हिजबुल्लाहसँग सम्बन्धित व्यक्तिहरू मारिएको दाबी पनि गरिएको छ ।
इरान भित्र भने विभिन्न स्थानमा विस्फोट भएको खबर आएको छ । सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार खोर्रमाबाद विमानस्थलमा आक्रमण भएको छ भने तेहरानको उत्तरी क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।