इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका गुप्तचर प्रमुख खादेमी मारिए
२३ चैत्र, २०८२, सोमवार
- आईआरजीसीले सोमबार सार्वजनिक गरेको वक्तव्यअनुसार खादेमीको मृत्यु अप्रिल ६ को बिहान भएको हो । घटनापछि इजरायलका रक्षा मन्त्रीले आक्रमणको जिम्मेवारी लिएको बताएका छन् भने इजरायली सेनाले पनि यसलाई आईआरजीसीका लागि ठूलो धक्का भएको जनाएको छ ।
काठमाडौँ: इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका गुप्तचर प्रमुख माजिद खादेमी अमेरिकी-इजरायली हमलामा मारिएका छन्।
आईआरजीसीले सोमबार सार्वजनिक गरेको वक्तव्यअनुसार खादेमीको मृत्यु अप्रिल ६ को बिहान भएको हो । घटनापछि इजरायलका रक्षा मन्त्रीले आक्रमणको जिम्मेवारी लिएको बताएका छन् भने इजरायली सेनाले पनि यसलाई आईआरजीसीका लागि ठूलो धक्का भएको जनाएको छ ।
खादेमी केही महिनाअघि मात्रै उक्त जिम्मेवारीमा नियुक्त भएका थिए । यसअघि इजरायली आक्रमणमा पूर्व गुप्तचर प्रमुखको मृत्यु भएपछि उनलाई नयाँ कमाण्डर बनाइएको थियो ।
उनले इरानको साइबर सुरक्षालाई मजबुत बनाउन घरेलु इन्टरनेट प्रणालीलाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए ।
विश्लेषकहरूका अनुसार पछिल्लो घटनाले इरान र अमेरिका-इजरायलबीचको तनाव अझ बढ्ने संकेत देखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’