- इरानले इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजिसी) को नौसेना कमाण्डर अलिरेजा तंगसीरीको मृत्यु भएको पुष्टि गरेको छ ।
एजेन्सी: इरानले इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजिसी) को नौसेना कमाण्डर अलिरेजा तंगसीरीको मृत्यु भएको पुष्टि गरेको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार इजरायलक आक्रमणमा गम्भीर घाइते भएपछि उनको ज्यान गएको हो ।
गत साता इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक सैन्य कारबाहीमा तंगसीरीसहित केही अधिकारी मारिएको दाबी गरेका थिए । इरानको पछिल्लो पुष्टिसँगै उक्त हमलामा घाइते भएका तंगसीरीको पछि मृत्यु भएको स्पष्ट भएको छ ।
यसैबीच, इरानमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । अर्धसरकारी समाचार संस्थाका अनुसार उनीहरूलाई अमेरिका-इजरायलसँग जोडिएको विपक्षी समूह मुजाहिदीन-ए-खाल्कसँग सम्बन्ध राखेको आरोप लागेको थियो ।
अधिकारीहरूले ती व्यक्तिमाथि सुरक्षा बलमाथि आक्रमण गरेको आरोप पनि लगाएका छन् । उक्त समूह विगतमा इरान सरकारविरुद्ध सशस्त्र गतिविधिमा संलग्न रहँदै आएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।