युद्धका कारण लेबनानको २० प्रतिशत जनसंख्या विस्थापित

२०८२ चैत्र १६ सोमवार
सारांश
  • इजरायल-लेबनान युद्धका कारण लेबनानमा करिब २० प्रतिशत जनसंख्या विस्थापित भएको छ ।

एजेन्सी, १६ चैत्र । इजरायल-लेबनान युद्धका कारण लेबनानमा करिब २० प्रतिशत जनसंख्या विस्थापित भएको छ । संयुक्त राष्ट्रअन्तर्गत बालबालिका सम्बन्धी निकायले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला तीन सातामै लाखौं नागरिक घर छोड्न बाध्य भएका छन् ।

 

युद्धको सबैभन्दा बढी असर बालबालिकामा परेको छ । दैनिक औसत १९ हजार बालबालिका घर छोडेर भाग्न बाध्य भइरहेको जनाइएको छ । निरन्तर बमबारीका कारण धेरै पुल भत्किएका छन्, जसले राहत सामग्री पुर्‍याउन कठिन भएको छ भने कतिपय बालबालिका अझै जोखिमयुक्त क्षेत्रमा फसेका छन् ।

 

विस्थापित बालबालिका अस्थायी शिविरमा बसिरहेका छन् । उनीहरूलाई बारम्बार स्थान परिवर्तन गर्नुपर्दा मानसिक रूपमा गम्भीर असर परेको बताइएको छ । सहयोगी संस्थाहरूले ती बालबालिकाका लागि खोप, उपचार र अस्थायी पढाइको व्यवस्था गर्न प्रयास गरिरहेका छन्, किनकि धेरै विद्यालय बन्द भएका छन् ।

 

यससँगै, धेरै क्षेत्रमा खानेपानी, अस्पताल सेवा र सरसफाइ प्रणाली पनि प्रभावित भएको छ । यसले मानवीय संकट झन् गहिरिँदै गएको देखिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार