इरान युद्ध बारे पहिलो पटक बोल्दै मोदीले भने- होर्मुज बन्दको प्रयास अस्वीकार्य
९ चैत्र, २०८२, सोमवार
- भारतीय संसदमा बोल्दै उनले क्षेत्रीय तनाव अन्त्य हुनुपर्ने र समस्याको समाधान वार्तामार्फत मात्रै सम्भव रहेको बताएका छन् । उनले नागरिक र ऊर्जा संरचनामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै होर्मुज जलडमरु बन्द गर्ने प्रयास पनि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
काठमाडौँ: पश्चिम एसियामा बढ्दो तनावबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन् ।
भारतीय संसदमा बोल्दै उनले क्षेत्रीय तनाव अन्त्य हुनुपर्ने र समस्याको समाधान वार्तामार्फत मात्रै सम्भव रहेको बताएका छन् । उनले नागरिक र ऊर्जा संरचनामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै होर्मुज जलडमरु बन्द गर्ने प्रयास पनि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
मोदीले भारतमा तेल र ग्यास संकट हुन नदिन सरकार सक्रिय रहेको बताए । उनका अनुसार अहिले भारतले २७ देशबाट बढाएर ४१ देशबाट ऊर्जा आयात गरिरहेको जानकारी दिदै पश्चिम एसियामा बसोबास गर्ने करिब एक करोड भारतीय नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिइएको उनले बताए ।
उनले हालसम्म ३ लाख ७५ हजारभन्दा बढी भारतीय सुरक्षित रूपमा स्वदेश फर्किसकेको जानकारी दिए । इरानबाट मात्रै करिब एक हजार नागरिक फर्किएको र तीमध्ये ७ सयभन्दा बढी चिकित्सा अध्ययनरत विद्यार्थी रहेको उल्लेख गरे ।
यसैबीच रुसले पनि जारी द्वन्द्व समाधानका लागि वार्ताको मार्ग अपनाउनुपर्ने धारणा राखेको छ। क्रेमलिनका प्रवक्ताले सैन्य कारबाहीभन्दा राजनीतिक र कूटनीतिक पहलबाट मात्र तनाव कम गर्न सकिने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’